संयुक्त राष्ट्रसंघीय मिसनद्वारा पत्रकार रिहाइको माग

संयुक्त राष्ट्रसंघीय मिसनद्वारा पत्रकार रिहाइको माग

त्रिपोली, जेठ ३०

लिबियाको जेलमा रहेका भनिएका पत्रकारको रिहाइका लागि यहाँ रहेको संयुक्त राष्ट्रसंघीय मिसनले माग गरेको छ ।

लिबियाको जेलमा राखिएका दुई जना पत्रकारलाई तुरुन्त रिहा गर्न उक्त कार्यालयले माग गरेको हो । ती दुई जना पत्रकारलाई बिना पक्राउ पूर्जी थुनामा राखिएकोमा विरोध पनि भई आएको थियो ।

उनीहरुको रिहाइका लागि संयुक्त राष्ट्रसंघीय मिसनले पुनःमाग गरेको समाचरमा जनाइएको छ ।

दुई जना पत्रकारलाई लिबिया सरकारले अप्रिलको अन्तिम हप्तादेखि थुनामा राखेको छ । तर उनीहरुलाई के कति कारणले पक्राउ गरिएको हो भन्ने बारेमा मौखिकरुपमा बताएको भएपनि पक्राउ पूर्जी दिइएको छैन ।

बिना पक्राउ पूर्जी र कारण पत्रकारलाई सरकारले नै यसरी लामो समयसम्म थुनामा राख्दा प्रेस स्वतन्त्रता तथा नागरिकको विचार तथा अभिव्यक्ति अधिकार हनन् भएको भन्दै उनीहरुको रिहाइको माग गरेको हो ।

लिबियामा शान्ति स्थापनाको कार्यमा रहेको राष्ट्रसंघीय मिसन, युएनएसएमआइएलले ती पत्रकारको रिहाइको माग गरेको समाचारमा जनाइएको छ ।
रासस

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.