काठमाडौंको दक्षिणकालीमा मृत फेला परेका दुई पुरूषको सनाखत

काठमाडौंको दक्षिणकालीमा मृत फेला परेका दुई पुरूषको सनाखत

६ चैत, काठमाडौँ । काठमाडौंको दक्षिणकाली नगरपालिका चाल्ना खेलमा मृत फेला परेका दुई पुरूषको पहिचान खुलेको छ।

शुक्रबार दिउँसो चाल्नाखेलस्थित खहरेमा दुई पुरूषको शव फेला परेको हो। उनीहरू दुबै जना बांङ्गेमुढा बस्ने महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए।

मृतकहरू नुवाकोट घर भई बांङ्गेमुढा बस्ने १६ वर्षीय अर्जुन खड्का र काभ्रे घर भई असन बस्ने १७ वर्षीय मंगल तामाङ छन्।

प्रहरीले घटनास्थलबाट दुई वटा विषको बट्टासमेत बरामद गरेको छ।

प्रहरीका अनुसार उनीहरूको परिवार सम्पर्कमा आएपछि शव सनाखत भएको हो।

मंगल तामाङ क्षेत्रपाटीस्थित जेपी उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्थे भने अर्जुन खड्का असनको टेउडा विद्यालयमा पढ्थे।

यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। पोस्टमार्टमका लागि शव शिक्षण अस्पताल पठाउने तयारी भइरहेको छ।

थप कुरा पोष्टमार्टमपछि थाहा हुने प्रहरीले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.