×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जबसम्म विश्वासको मत फिर्ता हुँदैन तबसम्म सरकार रहन्छः सुवास नेम्वाङ

६ चैत्र २०७७

६ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उप–नेता शुवासचन्द्र नेम्वाङले सरकार संविधानको मुल्य र मान्यता बमोजिम अगाडी बढ्ने बताएका छन् ।

शुक्रबारको प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदैँ उपनेता नेम्वाङले सरकार संविधानले स्थापित गरेका मुल्य र मान्यता बमोजिम अगाडी बढ्नको लागि दृढ रहेको बताएका हुन् ।

Advertisement
Advertisement

हालसम्म नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै उनले विश्वासको मत फिर्ता लिएपछि पनि सरकार संविधान बमोजिम नै अगाडी बढ्ने टिप्पणी गरे ।

उनले भने, ‘अहिले सरकार जुन आधारमा उभिएको छ । त्यो आधार अहिले विभाजित भएको छ तर विभाजन पश्चातको जुन दल छ त्यो दलले आफ्नो विश्वासको मत फिर्ता गरिसकेको अवस्था छैन । त्यसैले जबसम्म विश्वासको मत फिर्ता हुँदैन तबसम्म सरकारलाई विश्वास प्राप्त भएको मानिन्छ, र सरकार रहन्छ । जुन दिन विश्वासको मत फिर्ता हुन्छ त्यसपछि सरकार संविधान बमोजिम अगाडी बढ्छ । अहिलेको सरकार प्रधानमन्त्री केपी ओली संविधान बमोजिम स्थापित मूल्य र मान्यता बमोजिम अगाडी बढ्नको लागि दृढ हुनुहुन्छ ।’

यस्तै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले केपी ओलीको विकल्पको लागि नेपाली कांग्रेसभित्र एकमत रहेको बताए । सत्ता समिकरणका लागि जनता समाजवादी पार्टीको भुमिका महत्वपूर्ण हुने भएकाले जसपा कांग्रेस नेतृत्वमा सरकार बनाउन तयार भए नेपाली कांग्रेस तयार रहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘जसपाको निर्णय महत्वपूर्ण छ । उहाँहरु जुन बेला कांग्रेस नेतृत्वको सरकार बनाउन तयार हुनुहुन्छ हामी तयार छौँ । अबको परिस्थितिलाई व्यवस्थापन गरेर मुलुकलाई अगाडी लिएर जाने काम नेपाली कांग्रेसको नेतृत्वमा मात्रै सम्भव छ ।’

जनता समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले जसपाका बन्दीहरु रिहाई, मुद्दा फिर्ता र संविधान संशोधनको माग पुरा गर्नेलाई समर्थन गर्ने बताए । उनले भने, ‘जसले हाम्रो मागलाई सम्बोधन गर्छ । जसले हाम्रो बन्दी रिहाइ गर्छ । मुद्दा फिर्ता गर्छ । संविधान संशोधन गर्छ हामी त्यसलाई समर्थन गर्छौँ त्यो बाहेक हाम्रो कुनै एजेण्डा छैन ।’

नेकपा (माओवादी केन्द्र) का सांसद राम कार्कीले जसपाले देशलाई प्रतिगमनतिर लान खोज्ने प्रधानमन्त्री ओलीलाई समर्थन नगर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘ ‘हिजो संविधान संशोधनको प्रस्ताव ल्याउँदा त्यसको विरोध कसले ग¥यो, त्यसको विपक्षमा को उभियो, यो कुरो यति चाडै बिर्सिने जसपाका नेताहरुले ? जसपाका नेताहरुले त्यो बिर्सेको बाहाना गर्नुहुन्छ भने दीर्घकालिन राजनीतिमा त्यसको हिसाबकिताब स्वभाविक रुपमा राम्रो हुँदैन । हामीलाई के विश्वास छ भने जसपा यदी परिवर्तनको पक्षमा छ भने जसपाले प्रतिगमनतिर देशलाई लैजान खोज्ने प्रधानमन्त्रीलाई समर्थन गरेर आफ्नो बाँकी राजनीतिको हत्या आफैँ गर्ने छैन ।’

Advertisement

सांसद कार्कीले जसपाले प्रधानमन्त्री ओलीलाई समर्थन गरे जसपाको राजनीतिक भविष्य राम्रो नहुने पनि बताए ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top