आइसल्यान्डमा ज्वालामुखी विस्फोट

७ चैत्र, एजेन्सी ।
आइसल्यान्डमा ज्वालामुखी विस्फोट भएको छ ।

राजधानी रिकिविकको दक्षिण–पश्चिमी क्षेत्रको ज्वालामुखी शुक्रबार बिस्फोट भएको छ । आइसल्याण्डको मौसम विभागका अनुसार रिकिन्स प्रायद्विपको फाग्राडाल्स्फलमा ज्वालामुखी बिस्फोट भएको हो ।

ठूला पत्थर तथा ढुंगाहरु आउन सक्ने तथा पहिरो समेत जान सक्ने भन्दै स्थानीय बासिन्दालाई सचेत पारिएको छ । पछिल्लो तीन हप्तामा सो क्षेत्रमा ५० हजार भन्दा धेरै भूकम्प गएको थियो । अहिले सो क्षेत्रमा ज्वालामुखी बिस्फोट भएको हो ।

ज्वालामुखी विस्फोटका कारण ५ सयदेखि ७ सय मिटरसम्म लामो धाँजा फाटेको आइसल्यान्डको मौसम विभागले जनाएको छ । ज्वालामुखी विस्फोट भएको क्षेत्र राजधानीबाट ३० किलोमिटरको दूरीमा रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

आइसल्यान्डको मौसम विभागका अनुसार रेकानसमा यसअघि करिब ८ सय वर्षअघि ज्वालामुखी विस्फोट भएको थियो । पछिल्ला तीन हप्तामा आइसल्यान्डमा ४० हजारभन्दा बढी भूकम्प गइसकेको छ ।

ज्वालामुखी विस्फोटबाट तत्काल नजिकका बस्तीमा रहेका मानिस र भौतिक संरचनामा क्षति नपुग्ने पनि आइसल्यान्डका अधिकारीले बताएका छन् । यो विस्फोटलाई सानो विस्फोटका रुपमा वर्गीकरण गरिएको छ ।

यसअघि सन् २०१० मा आइसल्यान्डको हेयाफियात्लाहयाहकुत्लमा भएको ज्वालामुखी विस्फोटका कारण भने हवाई उडानहरु प्रभावित भएका थिए ।

उक्त विस्फोटका कारण करिब ९ लाख उडान रोकिएका थिए भने आइसल्यान्डका सयौं नागरिक प्रभावित भएका थिए । अहिलेको ज्वालामुखी विस्फोटबाट त्यति धेरै खरानीको धुलो र धूवाँ वायुमण्डलमा नमिसिएको बताइएको छ ।

युरेसिया र उत्तर अमेरिकी टेक्टोनिक प्लेटको बीचमा रहेको आइसल्यान्ड भूकम्पीय र ज्वालामुखी विस्फोटका लागि ‘हटस्पट’ मानिन्छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top