NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै बिहिबार अशोज २ , २०८२
काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर बिहिबार अशोज २ , २०८२
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी बुधबार अशोज १ , २०८२
जेनजी आन्दोलनसंग जोडिएका क–कसले पाउँछन् राहत ? के छ प्रक्रिया ? बुधबार अशोज १ , २०८२
Next
Prev

समाचार

सुनुवाइबिनै ४० वर्षसम्म भारतीय जेलमा बसेका नेपाली थुनामुक्त भए

शनिबार चैत्र ७ , २०७७
Reading Time: 1 min read
A A
निर्माण व्यवसायी गौचन  हत्याका मुख्य योजनाकार समीरमान बस्नेत पक्राउ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ चैत, काठमाडौँ । सुनुवाइबिनै ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) शनिबार थुनामुक्त भएका छन् ।

उनका दाजु प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको दमदम केन्द्रीय कारागारमा सम्झौता पत्रमा हस्ताक्षर गरेपछि दुर्गाप्रसाद छुटेका हुन् ।

कोलकातास्थित महावाणिज्य दूतावासका निजी सचिव सतिश थापाले तिम्सिना थुनामुक्त भएको अनलाइनखबरलाई बताए । उनले भने, ‘आजै स्थलमार्ग हुँदै उहाँहरु घर फर्किँदै हुनुहुन्छ ।’

LS Auto

उच्च अदालत, कोलकाताका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले बुधबार साँझ उनलाई छाड्न आदेश दिएको थियो ।

अदालतले दुर्गाप्रसादको मानसिक स्वास्थ्यलाई कारण देखाउँदै नजिकका नातेदार प्रकाशचन्द्रको जिम्मा लगाएर छाड्न भनेको थियो । प्रकाश शुक्रबारै कोलकाता पुगे पनि कानुनी प्रक्रिया पूरा नहुँदा शनिबार मात्रै दुर्गाप्रसाद छुटेका हुन् ।

अदालतले प्रत्येक ६÷६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुपर्ने पनि भनेको छ । त्यसो त अदालतले उनी करिब ४१ वर्ष जेल बसिसकेको बताउँदै थप समय कारागारमा राखेर न्यायको कुनै औचित्य पूरा नहुने पनि भनेको थियो ।

दुर्गाप्रसादको पक्षमा उच्च अदालत, कोलकाताका वकिल हिरक सिन्हा, प्रदीप मण्डल, मलाई भट्टाचार्य र सुब्रज्योति घोषले बसह गरेका थिए । उनीहरुले न्यायको पक्षमा भन्दै निःशुल्क बहस गरेका थिए ।

दुर्गाप्रसादका भाइ प्रकाशचन्द्रले आधा जिन्दगी कारागारमा बितिसकेकाले अबका दिनमा के गर्ने अन्यौलता रहेको अनलाइनखबरलाई बताए ।

‘उहाँ छुट्दै गर्दा मलाई खुसी र चिन्ता दुवै लागेको छ,’ उनले भने, ‘खुसी यस अर्थमा कि ४० वर्षपछि उहाँ घर आउँदै हुनुहुन्छ, चिन्ता चाहिँ आधा जिन्दगी उहाँले आकाश देख्न पाउनु भएन, अब कसरी अघि बढ्नु हुन्छ होला भनेर ।’

उनका अनुसार १९ वर्षको हुँदा घरबाट हराएका दुर्गाप्रसादको ब्रतबन्ध पनि भएको छैन । ‘हिन्दु परम्परा अनुसार गर्नुपर्ने कार्यहरु भएका छैनन्, घरमा लगेर गर्नुपर्नेछ’, उनले भने । अदालतले क्षतिपूर्तिबारे पनि बोलिदिएको भए हुने उनको अपेक्षा थियो ।

कानुन व्यवसायीहरुको दाबीअनुसार उनलाई जिम्मा जमानी छाड्न मात्र मागिएकाले अदालत त्यस विषयमा प्रवेश नगरेको हुनसक्छ । यद्यपि, क्षतिपूर्ति माग गर्दै भारतको उच्च अदालतमा मुद्दा हाल्ने ठाउँ छ । त्यस विषयमा क्रमशः छलफल गर्ने परिवारले जनाएको छ ।

कसरी परेका थिए जेल ?

इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा हत्या आरोपमा पक्राउ परेका उनी विभिन्न जेलमा सारिए, यता परिवारले उनी आन्दोलनमा मारिएको हुनसक्ने आशंका ग¥यो ।

दार्जिलिङमा भएको एक आगलागीमा उनको कागजपत्र पनि जलेको थियो । त्यसपछि विक्षिप्त भएका उनी मानिसक रूपमा कमजोर बन्दै गए ।

सन् १९८२ को जनवरीमा तिम्सिना अदालती ट्रायलका लागि मानसिक रुपमा स्वस्थ नभएको दार्जिलिङ जिल्ला अदालतले भनेको थियो । त्यसपछि जाँचको रिपोर्ट अदालतमा नबुझाइँदा उनले ४० वर्षसम्म कारागारमा बस्नु परेको थियो ।

कोलकाताको दमदम कारागारमा दाधेश्याम दास नामक कैदीले उनलाई १० वर्षअघि देखेका थिए । गत जनवरीमा पनि दीपकलाई त्यहीं देखेर सोधपुछ गर्दा उनी ४० वर्षदेखि सुनुवाइविना कारागारमा रहेको खुलेको थियो ।

दासले थुनामुक्त भएपछि वेस्ट बंगाल रेडियो क्लबमा खबर गरेका थिए । त्यसपछि विभिन्न सञ्चारमाध्यममा उनी ४० वर्षदेखि जेलमा रहेको खबर सार्वजनिक भयो र उनको पक्षमा माहोल बन्यो ।

दुर्गाप्रसादका दाइ प्रकाश, आफन्त गोपाल तिम्सिना र सामाजिक काम गर्ने इन्द्र बस्नेतले कारागारमा गएर १० फागुन २०७७ मा उनलाई भेटे । नाता प्रमाणित गरेपछि कारागारले भेट गर्न दिएको थियो । त्यसपछि उनलाई तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा निवेदन दिइएको थियो ।

लोकप्रीय

अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

बिहिबार अशोज २ , २०८२
काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर

काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर

बिहिबार अशोज २ , २०८२

विचार

थप समाचार

अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?
अन्तर्राष्ट्रिय

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
ताजा समाचार

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

बिहिबार अशोज २ , २०८२
काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर
ताजा समाचार

काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर

बिहिबार अशोज २ , २०८२
आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी
ताजा समाचार

आन्दोलनको बहानामा एकै बैंकबाट १८ किलो सुन र ५ करोड चोरी

बुधबार अशोज १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२

हालका पोस्टहरू

अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

अमेरिकामा प्रहरीमाथि गोली प्रहारः ३ को मृत्यु, २ गम्भीर घाइते

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै

बिहिबार अशोज २ , २०८२
काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर

काठमाडौंका ६ प्रहरी वृत्तमा इन्चार्ज फेरिए, १० कार्यालयको कमाण्डर

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.