१४ वर्षीय किशोर १० दिनदेखि बेपत्ता

१४ वर्षीय किशोर १० दिनदेखि बेपत्ता

१० चैत्र, हुम्ला ।
हुम्लाको खार्पुनाथ गाउँपालिका– १, गोप्कागाउँका एक किशोर १० दिनदेखि बेपत्ता भएका छन् ।

गत चैत १ गतेदेखि १४ वर्षीय राजु विक सुर्खेतको रङ्गशालाबाट बेपत्ता भएका छन् । केही दिनअगाडि हुम्लाबाट मोबाइल मर्मत तालिम सिक्न सुर्खेत पुगेका उनी १० दिनदेखि सम्पर्कमा नआएको उनका दाजु राजेन्द्र विकले बताए ।

सुर्खेतमा प्रत्येक महिनाको १ र १५ गते लाग्ने मेला हेर्न १ गते सुर्खेत रङ्गशाला पुगेका विक त्यस दिनदेखि घर फिर्ता नभएको उनका दाजुले गुनासो गरे ।

दश दिनसम्म खोजी गरेको भए पनि कोही कसैको सम्पर्कमा नआएको उनले बताए । चैत १ गतेदेखि हराएका भाइको खोजी गरिदिनका लागि प्रहरी कार्यालय सुर्खेतमा शनिबार निवेदन दिएको विकले जानकारी दिए ।

सुर्खेत पुगेका विकले मोबाइल तालिमसँगै सङ्गीत सिकिरहेका थिए । बेपत्ता विकको मोबाइल स्वीचअफ छ । विक सुर्खेतको कालिञ्चोकमा डेरा लिएर बस्दै आएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.