विराटनगरमा लिडरसीप सेमिनार हुँदै, पारस खड्कासँग भेट्ने हैन त ?

विराटनगरमा लिडरसीप सेमिनार हुँदै, पारस खड्कासँग भेट्ने हैन त ?

विराटनगर,जेठ ३१
नेपाली राष्ट्रिय त्रिकेट टिमका कप्तान पारस खड्कासँग विराटनगरमा लिडरसीप सेमिनार हुने भएको छ ।

लियो क्लव अफ विराटनगर युनिकले आयोजना गर्ने उक्त सेमिनार असार ३ गते विराटनगरको होटेल नमस्कारमा हुनेछ ।

कप्तान पारस खड्काले उक्त गोष्ठीमा राष्ट्रिय त्रिकेट टिमका सङ्घर्ष,उपलब्धि र लक्ष्यको बारेमा जानकारी गराउने लियो क्लव अफ विराटनगर युनिकका उपाध्यक्ष पेरिस सुवेदीले जानकारी दिए ।

असार ३ गते आईतबार दिउँसो ३ बजे देखि ५ बजेसम्म हुने उक्त सेमिनारको प्रवेश शुल्क रु.१०० लाग्ने आयोजकले जनाएको छ ।

कप्तान पारस खड्काले पनि भिडियो मार्फत आफ्नो क्रिकेट यात्राको बारेमा जानकारी गराउने र लिडरसीपका अन्य कुराहरुमा छलफल गर्ने जनाएका छन् ।

सेमिनारको मिडिया पार्टनरमा नेपाल टाईम्स र आवर विराटनगर रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.