×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

निशस्त्रीकरणको काम छिट्टै हुने अपेक्षा छ– अमेरिकी विदेशमन्त्री

३१ जेष्ठ २०७५

सोल, जेठ ३१

अमेरिकी विदेशमन्त्री माइक पम्पेओले उत्तर कोरियाले निशस्त्रीकरणको काम छिट्टै सम्पन्न गर्ने अपेक्षा अमेरिकाले गरेको जानकारी दिएका छन्।

Advertisement
Advertisement

बिहीबार दक्षिण कोरियाको राजधानी सोल पुगेका विदेशमन्त्री पम्पेओले भने– यो कुरा दक्षिण कोरियाली नेता किम जोङ उनलाई पनि थाहा छ, यो काम जतिसक्दो चाँडै हुनेछ ।

अमेरिका पनि उत्तर कोरियाली नेता किमजस्तै निशस्त्रीकरणप्रति प्रतिबद्ध रहेको धारणा पनि उनले राखे । उनले सिङ्गापुर शिखर वार्ताको पहिलो र महत्वपूर्ण कार्य नै यही भएकोले यसमा उत्तर कोरियाको प्रतिबद्धता हाम्रो चासो हो ।

गत मङ्गलबार सिङ्गापुरमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको ऐतिहासिक सम्झौतामा उत्तर कोरियाले निशस्त्रीकरण गर्ने जनाएको छ ।

उत्तर कोरियाले आफ्नो उक्त प्रतिबद्धतालाई चाँडै कार्यान्वयन गर्ने क्रममा रहेको बताएको छ । सोही बमोजिम नै प्रतिबद्धता पूरा होस् भन्नेमा आफू पनि रहेको अमेरिकाले जनाएको हो ।

हामी चाहन्छौँ उत्तर कोरियाले गरेको सिङ्गापुर प्रतिबद्धताजस्तै आगामी केही दिनमा नै निशस्त्रीकरणका लागि प्रक्रिया थालोस् र पूरा गरोस्– विदेशमन्त्री पम्पेओले भने ।

हामीलाई विश्वास छ नेता किमले यो आवश्यकतालाई बुझ्नुभएको छ र त्यसैबमोजिम चाँडै गर्नुहुने छ– सोलमा बिहीबार मन्त्री पम्पेओले भने ।

विदेशमन्त्री पम्पेओ गत जुन १२ को उक्त ऐतिहासिक शिखर वार्ताको बारेका जानकारी दिन दक्षिण कोरिया पुगेका छन्। उनले यसबारेमा दक्षिण कोरियासँग आवश्यक छलफल गर्नेछन्।

सोलमा जापान र दक्षिण कोरियाका विदेशमन्त्रीसँग भेटवार्तापछि बिहीबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

सो पत्रकार सम्मेलमा अमेरिकी विदेशमन्त्री पम्पेओ, दक्षिण कोरियाली विदेशमन्त्री काङ क्याङ ह्वा र जापानी विदेशमन्त्री तारो कोनो छन् ।

उनीहरुले गत मङ्गलबार सम्पन्न भएको विश्व चर्चित सिङ्गापुर वार्ताको बारेमा कुराकानी गरेका थिए । त्यस विषयमा उनीहरुले आगामी दिनमा उत्तर कोरियाली जतिसक्दो चाँडो निशस्त्रीकरणको काम पूरा गर्नुपर्ने बताएको समाचारमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघ पनि आशावादी 

यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको शिखर सम्मेलनबाट निशस्त्रीकरणमा आफू आशावादी भएको बताएका छन्।

उनले उक्त शिखर वार्तामा उत्तर कोरियाले अघि सारेको प्रतिबद्धताबाट कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

महासचिव गुथ्रेसले यो एक अति महत्वपूर्ण मौका भएकोले यस मौकाको सदुपयोग गर्न उत्तर कोरियालाई सुझाव दिँदै उसको आणविक कार्यक्रमलाई नष्ट गर्ने विषयमा संयुक्त राष्ट्रसंघको सहयोग रहने पनि बिहीबार बताएका छन्।

विश्वमा दिगो शान्ति र पूर्ण तथा प्रमाणित रूपमा कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्न उत्तर कोरिया सशक्त रुपमा अघि बढ्दा यसले उसलाई र समग्र विश्वलाई नै सघाउ पुग्ने धारणा पनि एक विज्ञप्तिमार्फत राखेका छन्।

रासस

Advertisement

 

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top