४ चैत, विराटनगर । विराटनगरमा जारी रमपम कर्पोरेट क्रिकेट प्रतियोगिताको पाँचौ संस्करणमा बुधबार चार खेल हुँदैछन् ।
शंकरपुर खेल मैदानमा बुधबार आरती टाइगर्स र पूर्वाञ्चल पेट्रो लिजेण्ड्स, सनराइज ११ र बाबा ब्वाइज ११, प्रिमियर रोयल र बागमती चार्जस तथा डेल्टाडाइनामाइट र आरती ब्लास्टर्सबीच प्रतिष्पर्धा हुदैछ । महेश्वरी युवा मञ्च विराटनगरको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगितामा १२ वटा औद्योगिक घरानाको सहभागिता छ । बिहिबार सेमिफाइनल र फाइनल खेल हुने प्रतियोगिताको विजेताले ४१ हजार रुपैयाँ नगद सहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । यसअघि सोमबार संगठनका राष्ट्रिय अध्यक्ष विवेक राठीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।