हातहतियारसहित दुई पक्राउ

हातहतियारसहित दुई पक्राउ

काठमाडौँ, जेठ ३१

महानगरीय प्रहरी परिसर काठमाडौँले हातहतियारसहित दुईजनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले ठमेल, ज्याठालगायतका क्षेत्रमा हातहतियार देखाएर डर त्रास दिई रकम असुल्दै हिँडेका काभ्रेका २६ वर्षीय देवकुमार थापा र धादिङका २९ वर्षीय कमल गुरुङलाई गएराति ठमेलको ज्याठा गल्लीबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुसँग एक थान रिभल्वर र एक थान खुकुरी बरामद गरेको छ ।

पक्राउ उनीहरुलाई परिसरबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.