चितवन मेडिकल कलेजमा पहिलो पटक कलेजो प्रत्यारोपण

१२ चैत, चितवन । चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज(सीएमसी) ले पहिलो पटक कलेजो प्रत्यारोपण गरेको छ ।

योसँगै काठमाण्डौ उपत्यकाबाहिर कलेजो प्रत्यारोपण गर्ने सीएमसी पहिलो भएको डाक्टरले बताएका छन् ।

भरतपुर महानगरपालिका १० घर भइ काठमाण्डौ बस्दै आउनुभएकी ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको चितवन मेडिकल कलेजका अध्यक्ष डाक्टर हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।

लामालाई उनकी ३४ वर्षीया छोरी उषाले कलेजो दिएकी हुन् । चैत ८ गते झण्डै १२ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको न्यौपानेले बताए । अहिले आमाछोरीको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

कलेजो प्रत्यारोपणका लागि कलेजमा चार जना सर्जन, तीन जना क्रिटिकल केयर, तीन जना एनेस्थेसियोलोजिस्ट, १० जना विशेष तालिम प्राप्त नर्स छन् ।

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गराउने धनकुमारी लामा नेपालमा आठौँ बिरामी छन् । यसअगाडि त्रिवि शिक्षण अस्पताल काठमाण्डौमा पाँच र मानव अङ्ग प्रत्यारोपण केन्द्रमा दुई जनाको कलेजो प्रत्यारोपण गरिसकिएको छ ।

कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक प्राध्यापक डाक्टर हरिशचन्द्र न्यौपानेका अनुसार कलेजो प्रत्यारोपणका लागि अलग्गै अप्रेशन कक्ष र आईसीयू तयार गरिएको छ । अहिले कलेजो प्रत्यारोपणका लागि २५ लाख रुपैयाँ खर्च लाग्ने डा. न्यौपानेले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top