खनाल-नेपाल समूहको केन्द्रीय समिति बैठक कलंकीमा जारी

खनाल-नेपाल समूहको केन्द्रीय समिति बैठक कलंकीमा जारी

१३ चैत, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को झलनाथ खनाल र माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ। कलंकीस्थित एक पार्टी प्यालेसमा बैठक जारी छ।

उक्त समूहका एक नेताले दिएको जानकारीअनुसार आजको बैठकले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गर्ने निर्णय गर्नेछ।

आजै एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक राखेका छन्। दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक खनाल–नेपाल समूहका सांसदहरू पनि उपस्थित हुनेछन्।

नेता झलनाथ खनाल र माधवकुमार नेपाल भने बालुवाटार बैठकमा सहभागी हुने/नहुने टुंगो छैन।

नेता खनालले आज बालुवाटारको बैठकमा सहभागी नभ्याइने बताएका छन्।

’खै, आज बालुवाटार जान भ्याइएलाजस्तो छैन,’ खनालले भने।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.