×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

घरमा छैनन् परेवा र गौँथली, वनमा छैनन् ढिकुर र मालचरी

१५ चैत्र २०७७

१५ चैत्र, गलेश्वर ।
कुनै समय थियो, गौँथलीको चिरबिर र परेवाको माकुर…कुर..जुन घरमा सुनिन्छ, त्यो घर लच्छिनको हुन्छ, त्यहाँ सह बसेको हुन्छ भनेर विश्वास गरिन्थ्यो ।

समय बदलियो । समयसँगै हाम्रा पुर्ख्यौली मान्यता र श्रृति परम्पराका कथनभित्र रहेका ज्ञानका अथाह भण्डार पनि विस्मृतिको गर्भमा पुरिँदै गए।

Advertisement
Advertisement

धार्मिक, सामाजिक र वातावरणीय महत्वसँग जोडिएका कैयौँ आनुवांशिक स्रोतहरु हराउँदै गए। रैथाने प्रविधि लोप भए।

मानवीय जीवनलाई प्रकृतिको सुरम्य लयमा फर्काउने घरपालुवा वा वनमा आश्रित पक्षीको चिरबिर अब खोज्दै जाँदा पनि सुन्नै नपाइने अवस्थामा पुगे।

वातावरणीय असन्तुलन र मानवीय कमजोरीका कारण ‘मान्छेका साथी, दुःख सुखका सारथी’ मानिने घरचरी र वनचरी म्याग्दीका गाउँबस्ती र वनजङ्गलबाट लोप हुने अवस्थामा पुगेका छन्।

शान्ति र प्रेमको प्रतीकसमेत मानिने घर पालुवा पक्षी परेवा र परिश्रम र सहकालको प्रतीक मानिने गौँथली अब म्याग्दीका गाउँबस्तीमा देखिन छाडेका छन्।

त्यसैगरी वनपाखामा बासस्थान (गुँड) बनाएर बस्ने ढिकुर, डाङ्ग्रे, भँगेरा र मालचरीलगायतका पक्षीहरु हराउँदै गएपछि वनजङ्गल पनि सुनसानजस्तै लाग्न थालेको स्थानीय बासिन्दा बताउँछन्।

घरमा परेवा र गौँथली पाल्ने संस्कृति नासिँदै गएको वन तथा वातावरण क्षेत्रका अध्येता चन्द्रमणि सापकोटाले बताए।

जोडी बनाएर बस्ने परेवा र गौँथलीले मानवबस्तीको विस्तार, पक्की घर निर्माण, चरन क्षेत्र अभावलगायत विभिन्न कारणले विस्तारै बासस्थान परिवर्तन गर्न थालेको उनको भनाइ थियो।

‘बासस्थान र चरनक्षेत्र प्रमुख कारण हो । भौतिक संरचना परेवा र गौँथलीमैत्री छैन्’, सापकोटाले भने।

धार्मिक र परम्परागत भनाइमा परेवा र गौँथली मार्दा पाप लाग्ने बताइन्छ तर पछिल्लो समय पूजा गर्ने, भाकल चढाउने नाममा गाउँघरमा कतैकतै मात्र पाइने परेवा नासिँदै गएका छन् भने औषधि हुन्छ भनेर गौँथलीको समेत शिकार गर्न थालिएको स्थानीयवासीले बताएका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि गत वर्ष चैतबाट गरिएको बन्दाबन्दीका कारण गाउँमा फर्केका युवाले वनका पक्षीको शिकार गरेर दिन बिताउने गरेका कारण म्याग्दीका जङ्गलबाट वनचराको सङ्ख्या पनि निकै कम भएको पाइएको छ ।

दुई वर्ष अघिसम्म वनमा पाइने ढिकुर, कालिज, तित्रो र मालचरीलगायतका पक्षीहरु गत वर्षदेखि अत्यन्त थोरै मात्र देखिने गरेको रोहोटेका स्थानीय चन्द्रबहादुर घिमिरेले बताए।

प्रकृतिका सङ्गीतकार मानिने यस्ता वनचरी नास हुनुमा मानवीय कारण नै प्रमुख रहेको वन डिभिजन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिए।

मानवीय स्वार्थ र लापरवाहीका कारण वनचरीको बासस्थान नास हुने र अवैधरूपमा शिकार गर्ने प्रवृत्तिले जङ्गलबाट वनचरी हराउँदै गएको उनको भनाइ थियो ।

मानवीय लापरवाहीका कारण लोप हुन लागेका घरचरी र वनचरीको संरक्षणका लागि बेलैमा सचेत हुनुपर्ने वन तथा वातावरण क्षेत्रका अगुवाहरुको भनाइ छ ।

गुँड नजिक अर्को गुँड बनाउने, आवतजावत गर्ने मार्गमा कुनै अवरोध नगर्ने, घरमा कीरा मार्ने विषादी प्रयोग नगर्ने, हिलो भएको ठाउँमा अन्य फोहर नफाल्ने गरेमा घरचरीको संरक्षण गर्न सकिने वातावरण संरक्षका अभियानकर्मी सापकोटाको भनाइ छ ।

Advertisement

त्यसैगरी अवैधरूपमा गरिने चोरी शिकारीलाई नियन्त्रण गरी आहारा र बासस्थानको अभाव हुन नदिने हो भने वनचरीलाई जङ्गलमा नै संरक्षण गर्न सकिने निमित्त प्रमुख खनालले बताए।(रासस)

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top