दाङमा यातायात मजदूरको चक्काजामले सवारीसाधन ठप्प, माग पूरा नभए अनिश्चितकालीन बन्द गर्ने चेतावनी

१७ चैत, दाङ । यातायात मजदूरले गरेको चक्काजामका कारण मंगलबार बिहानैदेखि दाङमा सार्वजनिक सवारीका साधन सञ्चालनमा आउन सकेका छैनन्।

नेपाल यातयात स्वतन्त्र मजदूर संगठन जिल्ला कमिटी दाङ, नेपाल यातयात मजदूर संघ इकाई तुलसीपुर र अखिल नेपाल यातायात मजदूर संघ दाङले संयुक्त रूपमा चक्काजामको आह्वान गरेका हुन्।

उनीहरूले दुई दिन अगाडि तुलसीपुरमा पत्रकार सम्मेलन गरी मजदूरहरूले तलब,भत्ता र सेवा सुविधा नपाएको भन्दै विरोधमा अनिश्चितकालीन यातायात बन्द गर्ने चेतावनी दिएका थिए।

आफूहरू कोरोना महामारीका कारण लामो समयसम्म मारमा परेको र पछिल्लो समय प्रालि सञ्चालक व्यवसायीहरूको अस्वस्थ्य प्रतिस्पर्धाका कारण यातयात मजदूरहरूको रोजीरोटी गुम्ने स्थिति आएको हुँदा आन्दोलनमा उत्रनु परेको नेपाल यातायात स्वतन्त्र मजदूर संगठन जिल्ला कमिटी दाङका अध्यक्ष केशवबहादुर भण्डारीले बताए।

उनीहरूले यातयात मजदूर तथा बुकिङ कर्मचारीहरूले सहज रूपमा तलबभत्ता पाउन पर्ने, नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षा कोष ऐन २०७४ सम्बन्धित यातयात प्रालिहरूले लागू गरी कार्यान्वयन गर्नुपर्ने र कार्यान्वयनका लागि नेपाल सरकारले तदारूकता देखाउनुपर्ने उनले माग गरे।

त्यस्तै, नेपाल सरकारले ल्याएको कोभिड भ्याक्सिन खोप अभियानमा प्राथमिकताको आधारमा यातायात मजदूर तथा बुकिङ कर्मचारीहरूलाई समावेश नगरिएको भन्दै उनले आपत्ति जनाए।

आफ्ना मागहरू कार्यान्वयनका लागि सम्बन्धित यातयात प्रालिका पदाधिकारीसँग वार्ता÷छलफल गरेर मागहरू राखे पनि कार्यान्वयनमा कुनै चासो नदेखाएको हुँदा आफूहरू आन्दोनलमा जान बाध्य भएको भण्डारीले दाबी गरे।

उनले आन्दोलनका कार्यक्रम अन्तरगत पहिलो चरणमा जिल्लामा सार्वजनिक यातायात सेवा ठप्प पार्ने र माग पूरा नभए सम्पूर्ण यातायात क्षेत्रभरि बन्द गर्ने कार्यक्रम रहेको बताए।

बन्दकर्ता बिहान तुलसीपुरका चोकहरूमा अटो रिक्सा समेत सञ्चालनमा रोक लगाउँदै हिँडेका देखिन्थे।

अहिले जिल्ला प्रशासन कार्यालय घोराहीमा मजदूर संगठन र प्रमुख जिल्ला अधिकारीका बीचमा समस्या समाधानका लागि छलफल भइरहेको छ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top