×

NEPAL TIMES UPDATES

Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026

संसद बैठकमा मेलम्ची खानेपानीको जस लिने होडबाजी

१८ चैत्र २०७७

१८ चैत, काठमाडौँ । नेकपा(एमाले) कि सचेतक शान्ता चौधरीले सरकारले गरेका कामहरुलाई दोषी आँखाले हेरिएको बताएकी छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सचेतक चौधरीले सरकारले हालसम्म गरेका महत्वपूर्ण कामहरुलाई दोषी आँखाले हेरिने गरेको बताएकी हुन् । सरकारले तीन दशकपछि मेलम्चीको पानी काठमाडौंमा झारेको, देशलाई सुरुङ मार्गमा प्रवेश गराएको, भूकम्प पछिको पुननिर्माणका कामहरु भइरहेका तथा नयाँनयाँ विद्यालयहरु बनाउने लगायतका कामहरु सरकारले गरेको बताइन् ।

Advertisement
Advertisement

सरकारले विद्रोही शक्तिलाई शान्तिपूर्ण राजनीतिमा प्रवेश गराई इतिहासमै ठुलो काम गरेको पनि बताइन् । सरकाले देशलाई आत्मनिर्भर उन्मुख बनाउँदै लगेको पनि बताइन् ।

उनले भनिन ‘विद्रोही शक्तिलाई वार्ताको टेबुल मार्फत शान्तिपूर्ण राजनीतिमा प्रवेश गराएको छ सरकारले । विप्लव समूह, सिके राउतजस्ता विद्रोही समूहलाई शान्तिको बाटोमा ल्याएको छ यो सरकारले । मलाई लाग्छ यो सत्ता पक्षले मात्रै होईन, प्रतिपक्ष सबैले सरकारलाई यतिबेला खुलेर धन्यवाद दिनुको सट्टा अहिलेपनि सरकारले केही गरेन भनेर हामीले बिरोध गरिरहेका छौँ । त्यसकारणले म भन्दैछु कस्तो संस्कार हो हाम्रो ? कस्तो बुझाइ हो हाम्रो ? अब देशमा कुनै विद्रोही शक्ति हुने छैनन् । इतिहासमा यो सरकारले सबैभन्दा ठुलो काम गरेको छ ।’

नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले जनताले अहिले चुनाव नचाहेको बताए । जनताले कोरोना र आर्थिक मन्दीबाट राहत चाहेको उनको भनाई छ । सांसद श्रेष्ठले बागलुङमा चैत्र १५ गते फागु पुर्णिमाको दिन युवाहरु बीच भएको झडपका क्रममा नेपाली कांग्रेस जिल्ला समिति सदस्य प्रकाश कुँवर र कार्यकर्ता दीपक परियारको हत्या भएकोमा आपत्ति प्रकट गर्दै दोषिलाई पक्राउ गरी कानूनी कारबाही गर्न माग गरे । साथै उनले म्यानमारमा सैनिक सरकारले गरेको नरसंहार अमानवीय र निन्दनीय भन्दै म्यानमारको जनताको पक्षमा प्रष्ट रुपमा उभिएर अन्तर्राष्ट्रिय पहलकदमी लिन आवश्यक रहेको पनि बताए । मेलम्चीको पानी काठमाडौँ ल्याउने सपना कृष्णप्रसाद भट्टराईको भएको उल्लेख गर्दै उनले अहिले आउनु खुशीको विषय भएपनि मैले नै ल्याएको हुँ भन्ने हुङ्कार न्यायोचित नभएको बताए ।

उनले भने ‘यो कसैको जस र अपजस भन्नुभन्दा पनि हाम्रा सन्त नेता कृष्णप्रसाद भट्टराईले जुन सपना देख्नुभएको थियो । काठमाडौं भ्यालीका जनता अत्यन्त काकाकुल अवस्थामा रहेको हामीलाई सर्वविदित नै छ । त्यो काकाकुल अवस्थाबाट कसरी काठमाडौंबासिलाई खानेपानी उपलब्ध गराउन सकिन्छ भनेर आजको तिस वर्ष पहिला उहाँले सपना देख्नुभयो । आज सबैले खानेपानी प्राप्त गरेको छ । यो सबैका लागि खुशीको विषय हो । तीस वर्ष पहिलाको जस लिने कि अहिले सरकारले धारामा पानी ल्याएको जस लिने ठुलो कुरो होइन । हिजो तीस वर्षमा गरेको काम अहिले मैले धारामा पानी झारे भनेर, मैले नै गरें भनेर यो हुङ्कार चाहीँ सदनमा कति न्यायोचित हुन्छ ?’

नेकपा(माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले सरकारले संविधानको सर्वोच्चता र विधिको शासनलाई पालना नगरेको बताए । सर्वोच्च अदालतको फैसलाले संसदको पुर्नस्थापना गरेको तर सरकारको पुर्नस्थापना नगरेको भन्दै उनले सरकार कामचलाउ भएको टिप्पणी गर्नुभयो । संसदमा बिजनेशका लागि विभिन्न विधेयकहरु भएपनि सरकारले एजेण्डाको रुपमा नल्याएर संसदलाई पुनः भङ्ग गरेर मध्यावधि निर्वाचनमा धेकल्न खोजेको उनको बताए । संविधानले तोकेको अवधि अगाडी हुने निर्वाचन सही अर्थमा निर्वाचन हुन नसक्ने पनि बताए । सरकार संविधान समाप्त पार्ने दिशातिर उद्दत्त रहेको उनको आरोप छ । सर्वोच्च अदालतको नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) एकता खारेज गर्ने फैसलाले नेपालको दल सम्बन्धी स्वतन्त्रताको अधिकार हनन भएको र दलको अधिकार माथि हनन गर्ने प्रक्रियाको शुरुवात भएको पनि बताए । उनले भने ‘नेपालको संविधानको दल सम्बन्धी स्वतन्त्रतामाथिको अधिकारलाई हनन गरेको देखिन्छ । दल खोल्न पाउने, विचार मिल्नेहरुको बीचमा दल खोल्न पाउने, स्थापना गर्न पाउने, गठन गर्न पाउने दलहरुको अधिकारको कुरा हो । तर त्यो दलहरुको अधिकारमाथि हनन गर्ने प्रक्रियाको सुरुवात भएको छ । यतिबेला दलीय स्वतन्त्रतासहितको संघीय लोकतान्त्रिक गणतन्त्र जो मुलुकमा स्थापित भएको छ त्यसमाथि एकप्रकारले खड्गो पैदा भएको छ । सङ्कट पैदा भएको छ । यो सङ्कटका विरुद्धमा सबै सजग र सचेत रहेर जुध्नका लागि आग्रह गर्न चाहान्छु ।’

जनता समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले म्यान्मारमा भएको नरसंहारका विरुद्ध र मानवअधिकार तथा लोकतन्त्रको पक्षमा सरकार र संसद बोल्नुपर्ने बताए । यस्तै काठमाडौंमा देखिएको प्रदुषणका कारण सिर्जित समस्या समाधान गर्न केवल घरमा बसेर मात्रै नहुने भन्दै उनले प्रदुषण नियन्त्रणका लागि सरकारले वैज्ञानिक विधि अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

रेशम चौधरीलाई रिहा नगर्न जनमोर्चाको खबरदारी

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले टिकापुर हत्याकाण्डका दोषिलाई सरकारले माफी दिन लागेको भन्दै टिकापुर हत्या काण्डलाई राजनीतिक मुद्दा बनाई माफी दिनु नहुने बताएकी छिन् । संसद पुर्नस्थापना पछि संसदमा कुनैपनि पार्टीको स्पष्ट बहुमत नभएको सन्दर्भमा सरकारको बहुमत पु¥याउनको लागि रेशम चौधरी लगायतको रिहाइ गरिए कानून र न्यायको अवहेलना हुने बताइन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारत तर्फको खुल्ला सिमानाका कारण नेपालमा कोभिड–१९ को संक्रमण फैलन सक्ने भएकाले सिमानामा क्वारेन्टाइन तथा परिक्षणको व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने बताए । कोभिड–१९ संक्रमणबारे अघिल्लो वर्षबाट पाठ सिक्नुपर्ने उनको भनाई छ । कोभिड–१९ का विरुद्ध सत्तारुढ दलका कार्यकर्तालाई सीमामा स्वयंसेवकको रुपमा परिचालन गर्नुपर्ने पनि बताए ।

Advertisement

सांसद सुवालले सरकारी अस्पतालमा अझैपनि राम्रो सेवा सुविधा नभएको टिप्पणी गरे । सरकारी अस्पतालका चिकित्सक, आवश्यक उपकरणलाई पर्याप्त बनाइ गुणस्तरीय सेवा दिन सरकारको ध्यान नपुगेको उनको भनाई छ । प्रदुषणका कारण काठमाडौंमा स्वास्थ्य समस्या देखिएकाले काठमाडौंलाई रोगीको थलो बनाउन नदिन सरकारले ध्यान पु¥याउनुपर्ने सांसद सुवालले बताए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top