गृह मन्त्रालय वैशाख १ देखि प्रधानमन्त्री कार्यालय रहेको भवनमा सर्ने

गृह मन्त्रालय वैशाख १ देखि प्रधानमन्त्री कार्यालय रहेको भवनमा सर्ने

२० चैत, काठमाडौँ । गृह मन्त्रालय वैशाख १ देखि प्रधानमन्त्री कार्यालय रहेको भवनमा सर्ने भएको छ ।

अहिले प्रधानमन्त्री कार्यालय रहेको भवनमा गृह मन्त्रालय सर्न लागेको हो ।

२०७२ वैशाख १२ भुकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो ।

डेढ महिनाअघि सो भवनबाट प्रधानमन्त्री कार्यालय पुरानै स्थानमा सरेको थियो।

हाल गृह मन्त्रालय रहेको केही भवनहरू पुनर्निर्माण गर्ने तथा केही भवन भत्काएर नयाँ भवन बनाउने सरकारको तयारी छ।

गृहमन्त्री रामबहादुर थापाले शुक्रबार गृह मन्त्रालय सर्न लागेको भवनको निरीक्षण गरेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.