‘वातावरण मन्त्रालय हराएको सूचना’ भन्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरू प्रहरी नियन्त्रणमा

२० चैत, काठमाडौँ । ‘वातावरण मन्त्रालय हराएको सूचना’ भन्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार दिउँसो सिंहदरबार अगाडि निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै केही प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

देशमा डढेलो र वायु प्रदर्शनले जनस्वास्थ्य संकटमा परेको तर सरकार अझै पनि मौन रहेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका थिए ।

Advertisement

उनीहरूले जलवायु संकट वा जनस्वास्थ्य संकट घोषणा गर्नुपर्ने माग राखेका थिए। प्रदर्शन गर्न निस्किएकाहरूलाई प्रहरीले महेन्द्र पुलिस क्लबमा राखेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top