×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026
Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026

नेपाल आउने भिसा प्रक्रिया थप जटिल भएको विदेशी पर्यटकको गुनासो

२० चैत्र २०७७

२० चैत, काठमाडौँ । नेपाल आउन चाहेका विदेशी पर्यटकले नेपाल आउने भिसा प्रक्रिया थप जटिल भएको गुनासो गरेका छन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीका अनुसार दूतावास पुग्ने गरेका र विमानस्थलसम्मै आएका पर्यटकले अनअराइभल भिसा नपाएको भन्दै टेलिफोनबाट प्राप्त हुने गुनासो बढेको छ ।

Advertisement
Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहतका निकायले केही दिनअघि ‘पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड २०७७’ ले पर्यटक आगमन सहज भएको भन्दै व्यापक प्रचार गरेका थिए ।

यसैलाई आधार मानेर नेपाल आएका र आउन खोज्ने पर्यटकलाई भने अध्यागमन विभाग र विदेशस्थित कूटनीतिक नियोगले भने साविकको निर्णयमा कुनै परिवर्तन नभएको भन्दै फिर्ता गरिरहेका छन् ।

यसले नेपाल आउन उत्साहित पर्यटक निरास बन्नुका साथै सरकारका तीन वटा मन्त्रालय बीचमै चरम समन्वयको अभाव देखिएको पर्यटन बोर्डले जनाएको छ ।

‘गृह मन्त्रालयको अध्यागमन र परराष्ट्र मन्त्रालय मातहतका विदेशी कूटनीतिक नियोगले भिसा दिने प्रक्रिया सहज बनाउने निर्णय नै नभएको भन्दै पर्यटकलाई फर्काइरहेको गुनासो अत्यधिक आएको छ,’ सीईओ रेग्मीले भने ।

सहज होइन, सुरक्षित गर्न खोजिएको हो: अध्यागमन

संसारभर कोरोना भाइरसको महामारी फैलिरहेको समयमा नेपालले निस्फ्रिक्री आवागमन खुला गर्नै नसक्ने अध्यागमन विभागका महानिर्देशक रामकुमार केसीले बताए ।

उनले ५ चैतमा मन्त्रिपरिषदबाट भएको भनिएको निर्णयले पर्यटक आगमनलाई अझ सुरक्षित बनाउन खोजिएको स्पष्ट पारे । तर, त्यो निर्णयपछि साविकभन्दा सहज रुपमा पर्यटक नेपाल आउन सक्ने वातावरण भने नबनेको उनले स्वीकार गरे ।

निर्णयबारे थप व्याख्या गर्दै उनले भने, ‘सुरुमा विदेशस्थित कुटनीतिक नियोगबाटै पर्यटकले भिसा लिनुपर्छ, त्यहाँ लिने वातावरण नभए अनअराइभल भिसा दिइने छ, तर यहाँ शर्त राखिएको छ ।’ उनले पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड २०७७ को भाग ‘ख’ को दफा ‘६’ राम्रोसँग पढ्न समेत आग्रह गरे ।

जसमा भनिएको छ, ‘अनअराइभल भिसा प्राप्त गर्न चाहने पर्यटकले दफा ७ मा उल्लेखित वायुसेवाको चेक इन काउन्टरमा प्रस्तुत गरेका कागजात आफूसँगै राखी विमानस्थल अध्यागमन विन्दुमा पेस गर्नुपर्छ ।’

दफा ७ अनुसार पर्यटकको साथमा बोडिङ हुनुभन्दा बढीमा ७२ घण्टा अगाडि दिएको स्वावको कोरोना पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको कागजात वा कोभिड–१९ विरुद्धको खोपको मात्र पुरा भएको कागजात हुनुपर्ने छ ।

नेपाल आउनका लागि प्राप्त गरेको भिसा वा नेपालको पर्यटकीय गतिविधिमा सहभागी हुने पर्यटन विभाग वा पर्यटन बोर्डको सिफारिसको कागजात साथमा हुनुपर्ने छ । नेपालमा होटेल बुकिङ गरेको वा बसोबास सुनिश्चित भएको प्रमाण समेत अनिवार्य साथमा हुनुपर्छ ।

आपतकालीन खोज, उद्धार, उपचारलगायत विषय समेटिएको नेपाल यात्रा अवधिभरको मान्य हुने यात्रा बीमा गरेको कागजात अनिवार्य हुनुपर्ने छ ।

महानिर्देशक केसीका अनुसार यो प्रावधान ५ चैतमा भएको भनिएको परिवर्तन अगाडिकै प्रावधान हो । यसमा कुनै परिवर्तन भएको छैन ।

पर्यटन मन्त्रालय, विभाग र पर्यटन बोर्डले अपरिपक्क तरिकाबाट गरेको प्रचारबाजीकै कारण अहिले पर्यटकले सास्ती भोग्नु परेको अध्यागमनका अधिकारीको भनाइ छ ।

महानिर्देशक केसी भन्छन्, ‘कि भिसा विदेशबाटै लिएर आउनु प¥यो, अध्यागमन विन्दुबाट लिने हो भने बोर्ड र विभागको सिफारिस अनिवार्य भनेको छ, यसमा के परिवर्तन भयो र ?’ अहिले नेपालमा भ्रमण वर्ष वा कोरोना फ्रि भनेर पर्यटक बोलाउनै पर्ने बाध्यता नभएको भन्दै सुरक्षित रुपमा पर्यटक आगमन सहज बनाउने काम अध्यागमनले गरिरहेकोे उनले बताए ।

क्वारेन्टिन अनिवार्य छ

सरकरको पछिल्लो निर्णयले नेपाल आउन अहिले पनि पर्यटकले साविकमा जस्तै कागजपत्र र प्रक्रिया पुरा गर्नुपर्छ । यो प्रक्रिया पुरा गरेको अवस्थामा ५ चैत भन्दा अगाडि पनि अध्यागमनले प्रवेश विन्दुमै भिसा दिने गरेको थियो । सोहीकारण पर्यटन मन्त्रालय र विभागले प्रचार गरेजस्तै आगमन सहज छैन ।

तर, नेपाल आएपछि अनिवार्य क्वारेन्टिन हटाएर नेपाल आइसकेपछि आफ्नै खर्चमा पीसीआर परीक्षण गर्ने, नतिजा नआएसम्म आफ्नै खर्चमा होटेल क्वारेन्टिनमा बस्ने र पीसीआर नेगेटिभ आएमा मात्र घुमफिरमा जान सक्ने प्रावधान थप भएको छ ।

Advertisement

यसले निर्णयले जुनसुकै पर्यटक नेपाल आउँदा अहिले पनि उत्तिकै सास्ती भोग्नुपर्छ । यद्यपि पर्यटकले क्वारेन्टिन नै बस्नु नपर्ने, अनअराभइल भिसा सहज भएको भन्दै गरिएको प्रचारबाजीले स्वयम् पर्यटकमा अन्यौल थपेको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top