२१ चैत्र, सुर्खेत ।
जंगलमा घाँस काट्न गएका दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बाबियाचौरमा बस्दै आएका दुईजना दिदीबहिनी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
१४ र १५ वर्षीया किशोरी दिदीबहिनी झुन्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसादले बताए ।
उनीहरू शुक्रबार बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका थिए । सोही ठाउँमा ११ बजे झुन्डिएको अवस्थामा स्थानीयले देखेका थिए ।
शवलाई पोस्टमार्टमका लागि अहिले प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।