×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026
Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026
Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026

पार्टी एकतामा फर्कन ओलीलाई माधव समूहको आह्वान

२१ चैत्र २०७७

२१ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन आह्वान गरेको छ ।

शनिबार काठमाडौंमा बसेको बैठकले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला पछि दुवै पार्टी पूर्ववत अवस्थामा फर्केकोेले २०७५ साल जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्ष ओलीलाई आह्वान गरेको हो । बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै स्थायी कमिटी सदस्य योगेश भट्टराईले भने‘फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसला दुवै पार्टीहरुलाई पूर्ववत अवस्थामा फर्कनको निम्ति निर्देशन दिएको छ अदालतले त्यो अनुसार नै जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन हामीले पार्टी अध्यक्षलाई समेत आह्वान गरेका छौं ।’ बैठकले देशभर संगठन निर्माण, सुदृढीकरण अभियानका साथै प्रशिक्षणका दुई महिने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पनि नेता भट्टराईले बताए । उनले भने ‘आगामी दुई महिनाको लागि देशभर पार्टी संगठन निर्माण तथा सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ । यो अभियानको मुल नारा ‘नेकपा एमालेको एकता बचाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मुल नारा तय भएको छ र दुई महिना व्यापक अभियान चल्नेछ ।’ यस्तै बैठकले चैत्र ४ र ५ गते सम्पन्न भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणापत्रलाई पूर्ण रुप दिएको छ । उक्त अवधारणापत्रलाई प्रकाशित गरि पार्टीगत रुपमा देशभर वितरण गरिने नेता भट्टराईले बताए । उनले भने ‘चैत्र ४ र ५ गते सम्पन्न भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणपत्र (प्रतिवेदन)मा राष्ट्रिय भेलामा आएका सुझाव र अहिले स्थायी कमिटी र केन्द्रीय कमिटीका सुझाव र अहिले स्थायी कमिटी र केन्द्रीय कमिटीका कमरेडहरुबाट प्राप्त सुझावलाई समेत समावेस गरिकन यसलाई अन्तिम रुप दिएको छ । अब यो प्रकाशित भएर पार्टीव्यापी रुपमा वितरणमा जानेछ ।’

Advertisement
Advertisement

यस्तै पार्टीमा उत्पन्न भएको अन्तरविरोधको राजनीतिक, सैद्धन्तिक, साङ्गठनिक र कार्यसैलिगत भिन्नताको पक्षलाई समेटेर प्रशिक्षण सामग्री बनाई पार्टीव्यापी रुपमा देशभर प्रशिक्षणको लागि वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ । नेता भट्टराईले भने ‘पार्टीमा उत्पन्न भएको अन्तरविरोध यसको राजनीतिक पक्ष, सैद्धान्तिक पक्ष, यसको वैचारिक पक्ष, संगठनात्मक पक्ष साथै पार्टीभित्र देखिएका कार्यसैलिगत भिन्नताहरु ल्गायतका विषयहरुमा हामीले उठाउँदै आएका मुद्दाहरुलाई समग्रमा समेटेर प्रशिक्षण सामग्री बनाइने छ र त्यसलाई पनि प्रकाशित गरेर पार्टीव्यापी रुपमा प्रशिक्षणको निम्ति पठाइने छ ।’ बैठकले २०७५ साल जेठ २ गते कायम भएका कमिटीहरुलाई पनुरसञ्चालन गर्ने र आवस्यकता अनुसार गठन, पुनरगठन गरी देशभर प्रशिक्षण अभियान चलाउने निर्णय पनि गरेको छ । यसका निम्ति केन्द्रीय कमिटीका सदस्यहरुलाई केन्द्रीय प्रतिनिधिका रुपमा तोकेर जिल्ला पठाउने निर्णय पनि बैठकले गरेको छ ।

Advertisement

बैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा कम्युनिष्ट आन्दोलनको एकताका लागि ध्यान दिदै देशव्यापी रुपमा कार्यक्रमहरु गरी मनाउने र काठमाडौंमा भव्य कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै बैशाख १३ गते मनमोहन अधिकारीको स्मृति दिवस देशव्यापी रुपमा मनाउने र विराटनगरमा केन्द्रीय स्तरको कार्यक्रम गर्ने भएको छ । जेठ ३ गते मदन आश्रित स्मृति दिवसलाई पनि एकताकै शिलशिलामा जोडने र चितवनमा राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top