माओवादी केन्द्रको बैठक स्थगित, समर्थन फिर्ता लिने टुंगो अझै लागेन

माओवादी केन्द्रको बैठक स्थगित, समर्थन फिर्ता लिने टुंगो अझै लागेन

२३ चैत्र, काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बैठकअघि अरु राजनीतिक दलहरुसँग छलफल गर्न र केही नेताहरु काठमाडौं बाहिर भएकाले बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले बताए ।

स्थायी कमिटी बैठकमा सत्ता गठबन्धन,एमालेमा गएका नेतामाथि कारबाहीलगायतका एजेन्डा थिए । योसंगै सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे माओवादी केन्द्रले तत्कालै कुनै निर्णय नगर्ने भएको छ ।

अन्तिम समयमा बैठक स्थगित हुनलाई चासोका साथ हेरिएको छ। अर्को बैठक कहिले बस्ने भन्ने टुंगो लागि नसकेको श्रेष्ठले बताए ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजीनामा दिने घोषणा गरेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.