×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

चार सांसद माओवादी केन्द्रको कारबाहीमा

२३ चैत्र २०७७

२३ चैत्र, काठमाडौं ।
एमालेतिर लागेका प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशसभाका चार सांसदलाई माओवादी केन्द्रले कारबाही प्रक्रिया अघि बढाएको छ ।

माओवादीले पार्टी परिवर्तन गरेका प्रदेश १ का टंक आङ्बोहाङ, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मीलाई प्रदेशसभा सदस्यबाट हटाउन लागेको हो ।

Advertisement
Advertisement

माओवादीका प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमालेमा गएर आर्थिक मामिला तथा योजनामन्त्री भएका टंक आङ्बोहाङलाई कारबाही गरेको पत्र सोमबार प्रदेशसभा सचिवालयमा दर्ता गराउने बताए ।

कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरिएको र सोमबार बैठक सुरु हुनुअगावै पत्र दर्ता गरिने उनले जानकारी दिए ।

माओवादीले पार्टी परिवर्तन गरेका लुम्बिनीका दुई प्रदेशसभा सदस्यलाई पदमुक्त गराउन प्रदेशसभा सचिवालयमा सिफारिस गरेको छ ।

एमाले प्रवेश गरेका रूपन्देहीका न्यौपाने र गुल्मीका पन्थीलाई हटाउन माओवादी केन्द्रको संसदीय दलले सिफारिस गरेको हो । अहिले दुवै जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य बनाएका छन् ।

दुवै नेतालाई माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीले एक साताअघि २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।

उनीहरूले जवाफ नै नदिएपछि संसदीय दलबाट कारबाही गरिएको र त्यसको जानकारी प्रदेशसभा सचिवालयलाई गराइएको लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री एवं माओवादी केन्द्रका स्थायी कमिटी सदस्य सुदर्शन बरालले बताए ।

दुवैलाई संसदीय दल र पार्टीले कारबाही गरेको पत्र आइतबार माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।

सोमबार बस्ने प्रदेशसभा बैठकबाट उनीहरूलाई पदमुक्त गर्ने निर्णय हुने उनले बताए । त्यसैगरी दैलेखबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य रेग्मीले दलत्याग गरेको भन्दै प्रदेशसभा सचिवालयमा सूचना दिएको छ ।

नेकपा विभाजनका बेला केपी ओली पक्षमा लागेका उनलाई एमालेले प्रदेश सचिव पदमा मनोनीत गरेको छ । प्रदेशसभा सदस्य पद रिक्त गराउन माओवादीले दल त्यागसम्बन्धी सूचना दिएको जनाएको छ ।

सभामुख राजबहादुर शाहीले सचिवालयमा पत्र दर्ता भएको र दलसम्बन्धी ऐनअनुसार कानुनी रूपमा अघि बढाइने बताए ।

माओवादी संसदीय दलको शनिबार बसेको बैठकले रेग्मीलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

Advertisement

राजनीतिक दलसम्बन्धी ऐनअनुसार कुनै सांसद वा प्रदेशसभा सदस्यले दल त्याग गरेर अर्को दलको सदस्यता लिएमा पद रिक्त हुने व्यवस्था छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top