विश्वकै वायु प्रदूषित शहरमा फेरि काठमाडौं अगाडि

२३ चैत्र, काठमाडौं ।

Advertisement

सोमबार बिहान काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ।

काठमाडौंको वायु प्रदूषण ३०९ एक्युआई मापन भएको छ। जुन स्वास्थ्यका लागि हानिकारक हो। यस्तै‚ चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर ३०० भन्दामाथि रहेको छ।

Advertisement

काठमाडौंको भिजिबिलिटी १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद मीनकुमार अर्यालले जानकारी दिए।

यसअघि करिब एक सातासम्म तुवाँलोले आकाश ढाकेको थियो। तुवाँलो लाग्नुको प्रमुख कारण देशका विभिन्न भेगमा लागिरहेका डढेलो रहेको बताइएको महाशाखाले बताएको छ।

Advertisement

वन तथा भू–संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७०० भन्दा बढी स्थानमा डढेलो र आगलागी भएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top