×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मोबाइल फोन व्यापार युनिट बन्द गर्ने एलजीको घोषणा

२३ चैत्र २०७७

२३ चैत, एजेन्सी । एलजी कम्पनीले मोबाइल फोन व्यापार युनिट बन्द गर्ने घोषणा गरेको छ । यस निर्णयलाई बोर्ड अफ डायरेक्टर्स (निर्देशकहरूको बोर्ड) ले अनुमति दिएको कम्पनीले एक विज्ञप्तिमा जनाएको छ ।

‘मोबाइल फोन व्यापारबाट बाहिर निस्कने निर्णय अहम् रणनैतिक निर्णय हो, अब कम्पनी विद्युतीय कारहरूको पुर्जा बनाउने, कनेक्टेड डिभाइस बनाउने, रोबोटिक्स, स्मार्ट होम सोल्युशन्स र आर्टिफिशियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो ध्यान बढाउनेछ’, विज्ञप्तिमा भनिएको छ ।

Advertisement

यद्यपि कम्पनीले आफ्ना वर्तमान ग्राहकलाई सेवा दिइरहन्छ या समय–समयमा ग्राहकका लागि जरुरी सफ्टवेयर अद्यावधिक पनि जारी गरिरहने स्पष्ट पारेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यस युनिटका लागि क्रेता नभेटिएपछि कम्पनीले यसलाई बन्द गर्ने निर्णय गरेको हो । यो पहिला दक्षिण कोरियाली कम्पनी हो जसले घाटामा चलिरहेको मोबाइल फोन युनिट बन्द गर्न लागेको हो ।

यसपछि पनि मोबाइल फोन व्यवसायबाट मिलेको आफ्नो अनुभवको प्रयोग गरेर ६ जी जस्ता मोबाइलसँग जोडिएको प्रविधिमा काम जारी राख्ने कम्पनीले जनाएको छ ।

Advertisement

यही वर्षको जुलाई ३१ सम्म यस व्यापारलाई पूर्णरुपमा बन्द गर्न सकिने कम्पनीले विश्वास व्यक्त गरेको छ । यसपछि पनि केही समयका लागि कम्पनीको फोन बजारमा उपलब्ध हुने जनाइएको छ ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top