×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फेरी बढ्यो वायु प्रदुषण, धनगढीमा प्रदूषणको मात्रा उच्च

२३ चैत्र २०७७

२३ चैत, काठमाडौँ । सोमबार काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण फेरि बढेको छ । सोमबार विहानदेखि घाम लागेको छैन भने काठमाडौंसहित देशका अधिकांश ठाउँमा तुवालो लागेजस्तो भई वातावरण धमिलो देखिएको छ ।

सोमबारको वायु प्रदूषणमा पनि आँखा पिरो हुने समस्या देखिएको छ । अहिले सुदूरपश्चिमको कैलाली र मध्य क्षेत्रको चितवनको वायु प्रदूषण बढी छ । धनगढीमा वायु प्रदूषणको मात्रा ४२९ एक्युआई (एयर क्वालिटी इन्डेक्स) सम्म पुगेको छ । त्यस्तै चितवनको सौराहामा ३०८, भरतपुरमा २८३, सिमरामा २६० एक्यूआई रहेको छ ।

Advertisement
Advertisement

त्यस्तै काठमाडौँको रत्नपार्कमा वायु प्रदूषणको मात्रा २२३ एक्युआई, भैंसेपाटीमा २१६, कीर्तिपुरमा १९७, भक्तपुरमा १९६ एक्युआई रहेको छ ।

वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले डढेलोका कारण धनगढी र सौराहाको वायूमा अधिक प्रदूषणको मात्रामा भेटिएको बताए । उनका अनुसार काठमाडौँ उपत्यकाको आकाशमा वायुको गुणस्तर सूचकांक कम हुँदै गएको छ ।

जोशीले भने, ‘काठमाडौँ उपत्यकाको आकाशमा वायुको गुणस्तर सूचकांक क्रमशः कम हुँदै गएको छ। तर कीर्तिपुरमा भने केही बढी देखाएको छ । त्यो जंगलमा लागेको डढेलोको कारण हो ।

अघिल्लो हप्ता पनि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको थियो । तर हल्का वर्षा भएपछि मौसम सफा देखिएको थियो ।

यता, मौसम बदली भए पनि अहिले पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

Advertisement

मौसमविद् समीर श्रेष्ठले भने ‘ काठमाडौँ उपत्यकासहित देशभर पानी पर्ने सम्भावना निक्कै कम छ । तर पश्‍चिम पहाडी भेग कर्णाली, गण्डी र लुम्बिनीमा हल्का वर्षा हुन सक्छ ।’

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top