NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

को–को छन् प्रधानमन्त्रीका आकांक्षी ? (भिडियो सहित)

सोमवार चैत्र २३ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
को–को छन् प्रधानमन्त्रीका आकांक्षी ? (भिडियो सहित)
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव फिर्ता लिए राजीनामा दिन्छु भन्नु र माओवादी लगायत काग्रेसले नयाँ सरकार गठनको तयारी सुरु गर्नुले अबको नयाँ प्रधानमन्त्रीका विषयमा चर्चा हुन थालेको छ ।

नयाँ सरकारमा जाने विषयमा निर्णय गरि नसकेको जसपालाई फकाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले छलफललाई तिब्रता दिएसँगै जसपा फकिए, ओली सरकार ढल्ने निश्चित छ । त्यस्तोमा तीन दलको संयुक्त सरकार बन्नेछ र नयाँ प्रधानमन्त्रीका लागि खिचातानी सुरु हुनेछ । माओवादी केन्द्रले स्पष्ट रुपमा प्रधानमन्त्रीको दाबीदारी नरहने बताइसकेको छ । कांग्रेसले आफ्नै नेतृत्वमा सरकारमा जान पहल गर्ने बताएकाले अबको प्रधानमन्त्रीमा कांग्रेसबाट सभापति शेरबहादुर देउवाको सम्भावना अधिक छ । तर निर्णायक जसपाले प्रधानमन्त्रीमा बार्गेनिङ गरिरहेको चर्चा चलेको छ । जसपा ओली सरकार बचाउन वा ढाल्न वा संयुक्त सरकार गठन गर्न निर्णायक हो । निलम्बित बाहेक प्रतिनिधिसभाका ३२ सांसद रहेको जसपाले सरकार गठनका विषयमा निर्णय गरिसकेको छैन । त्यसैले जसपा तानातानमा परिरहेको छ । जसपा भित्र महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओली सरकारलाई नै समर्थन गर्ने पक्षमा देखिँदा उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीको विकल्प खोज्नै पर्ने र ओली सरकारलाई समर्थन गर्न नसकिने बताइरहेका छन् ।

प्रधानमन्त्री ओलीले ठाकुर र महतोलाई प्रभावमा पारिरहेका छन् भने यादव र भट्टराई ओली इतरका दल र नेताको पक्षमा छन् । ओली तर्फ ढल्केका ठाकुर र महतोसँग कांग्रेस र माओवादीले घनिभूत छलफल गरिरहेको छ । आइतबार जसपा अध्यक्ष ठाकुरसँग कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेट गरि सरकारमा सहकार्य गर्ने विषयमा छलफल गरे । आफ्नै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको कांग्रेससँग ठाकुरले चित्त दुखाएकाले जसपालाई सरकारको नेतृत्व गर्न दिए जसपा सरकारमा सहभागि हुने देखिन्छ । तर पार्टी भित्र र बाहिरको चर्को दबाबपछि मात्र ओली सरकारको विकल्प खोजेर नयाँ सरकार गठनका लागि तयार भएका देउवा जसपालाई सरकारको नेतृत्व दिन तयार होलान् त भन्ने प्रश्न यथावत छ यद्यपी जसपा अध्यक्ष ठाकुरसँगको भेटमा कांग्रेस नेता पौडेलले सरकारको नेतृत्व गर्ने विषयमा छलफल गर्न सकिने बताएका छन् । त्यसरी सरकारको नेतृत्व गर्ने विषयमा कांग्रेस लचिलो भएर जसपाले सरकारको नेतृत्व गर्ने अवसर पाए जसपा भित्र पनि प्रधानमन्त्रीका आकांक्षी दुई जना महन्थ ठाकुर र बाबुराम भट्टराई देखिएका छन् ।

Advertisement

माओवादी केन्द्रले सरकारको नेतृत्व नचाहेकाले सरकारमा सहकार्य गर्ने सम्भावना रहेका अन्य दल कांग्रेस र जसपाबाट प्रधानमन्त्रीका तीन जना आकांक्षी देखिएका छन् । यसअघि पनि पटक पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा, यस्तै एकपटक प्रधानमन्त्री भएका जसपा नेता बाबुराम भट्टराई र अर्का नेता महन्थ ठाकुर नयाँ सरकार गठनका लागि प्रधानमन्त्री बन्ने सम्भावना बोकेका नेता हुन् । तीन दल मध्ये ठूलो दल कांग्रेस भएकाले जसपाको नेतृत्वको सरकारमा कांग्रेस कसरी सहभागि हुन्छ भन्ने विषय प्राथमिक छ तर जसपा नभइ सरकार गठन हुनै नसक्ने भएकाले ओलीलाई हटाउँदै नयाँ सरकार गठन गर्न जसपाको नेतृत्व स्विकार्नुको विकल्प कांग्रेससँग छैन । यता जसपामा समेत, बलियो यादव र भट्टराई खेमा कुनै हालतमा ओली सरकारको विकल्प खोजिरहेकाले कांग्रेस कै नेतृत्वमा भएपनि सरकारमा सहभागि हुने वा आफ्नै पार्टी फुटाउने विकल्प जसपासँग छ । यसरी हेर्दा अहिलेको सरकार बनाउने खेलमा प्रधानमन्त्रीकै लागि जसपा फेरि दुई चिरामा विभक्त नहोला भन्न सकिन्न ।

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.