×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

को–को छन् प्रधानमन्त्रीका आकांक्षी ? (भिडियो सहित)

२३ चैत्र २०७७

२३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव फिर्ता लिए राजीनामा दिन्छु भन्नु र माओवादी लगायत काग्रेसले नयाँ सरकार गठनको तयारी सुरु गर्नुले अबको नयाँ प्रधानमन्त्रीका विषयमा चर्चा हुन थालेको छ ।

नयाँ सरकारमा जाने विषयमा निर्णय गरि नसकेको जसपालाई फकाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले छलफललाई तिब्रता दिएसँगै जसपा फकिए, ओली सरकार ढल्ने निश्चित छ । त्यस्तोमा तीन दलको संयुक्त सरकार बन्नेछ र नयाँ प्रधानमन्त्रीका लागि खिचातानी सुरु हुनेछ । माओवादी केन्द्रले स्पष्ट रुपमा प्रधानमन्त्रीको दाबीदारी नरहने बताइसकेको छ । कांग्रेसले आफ्नै नेतृत्वमा सरकारमा जान पहल गर्ने बताएकाले अबको प्रधानमन्त्रीमा कांग्रेसबाट सभापति शेरबहादुर देउवाको सम्भावना अधिक छ । तर निर्णायक जसपाले प्रधानमन्त्रीमा बार्गेनिङ गरिरहेको चर्चा चलेको छ । जसपा ओली सरकार बचाउन वा ढाल्न वा संयुक्त सरकार गठन गर्न निर्णायक हो । निलम्बित बाहेक प्रतिनिधिसभाका ३२ सांसद रहेको जसपाले सरकार गठनका विषयमा निर्णय गरिसकेको छैन । त्यसैले जसपा तानातानमा परिरहेको छ । जसपा भित्र महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओली सरकारलाई नै समर्थन गर्ने पक्षमा देखिँदा उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीको विकल्प खोज्नै पर्ने र ओली सरकारलाई समर्थन गर्न नसकिने बताइरहेका छन् ।

प्रधानमन्त्री ओलीले ठाकुर र महतोलाई प्रभावमा पारिरहेका छन् भने यादव र भट्टराई ओली इतरका दल र नेताको पक्षमा छन् । ओली तर्फ ढल्केका ठाकुर र महतोसँग कांग्रेस र माओवादीले घनिभूत छलफल गरिरहेको छ । आइतबार जसपा अध्यक्ष ठाकुरसँग कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेट गरि सरकारमा सहकार्य गर्ने विषयमा छलफल गरे । आफ्नै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको कांग्रेससँग ठाकुरले चित्त दुखाएकाले जसपालाई सरकारको नेतृत्व गर्न दिए जसपा सरकारमा सहभागि हुने देखिन्छ । तर पार्टी भित्र र बाहिरको चर्को दबाबपछि मात्र ओली सरकारको विकल्प खोजेर नयाँ सरकार गठनका लागि तयार भएका देउवा जसपालाई सरकारको नेतृत्व दिन तयार होलान् त भन्ने प्रश्न यथावत छ यद्यपी जसपा अध्यक्ष ठाकुरसँगको भेटमा कांग्रेस नेता पौडेलले सरकारको नेतृत्व गर्ने विषयमा छलफल गर्न सकिने बताएका छन् । त्यसरी सरकारको नेतृत्व गर्ने विषयमा कांग्रेस लचिलो भएर जसपाले सरकारको नेतृत्व गर्ने अवसर पाए जसपा भित्र पनि प्रधानमन्त्रीका आकांक्षी दुई जना महन्थ ठाकुर र बाबुराम भट्टराई देखिएका छन् ।

माओवादी केन्द्रले सरकारको नेतृत्व नचाहेकाले सरकारमा सहकार्य गर्ने सम्भावना रहेका अन्य दल कांग्रेस र जसपाबाट प्रधानमन्त्रीका तीन जना आकांक्षी देखिएका छन् । यसअघि पनि पटक पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा, यस्तै एकपटक प्रधानमन्त्री भएका जसपा नेता बाबुराम भट्टराई र अर्का नेता महन्थ ठाकुर नयाँ सरकार गठनका लागि प्रधानमन्त्री बन्ने सम्भावना बोकेका नेता हुन् । तीन दल मध्ये ठूलो दल कांग्रेस भएकाले जसपाको नेतृत्वको सरकारमा कांग्रेस कसरी सहभागि हुन्छ भन्ने विषय प्राथमिक छ तर जसपा नभइ सरकार गठन हुनै नसक्ने भएकाले ओलीलाई हटाउँदै नयाँ सरकार गठन गर्न जसपाको नेतृत्व स्विकार्नुको विकल्प कांग्रेससँग छैन । यता जसपामा समेत, बलियो यादव र भट्टराई खेमा कुनै हालतमा ओली सरकारको विकल्प खोजिरहेकाले कांग्रेस कै नेतृत्वमा भएपनि सरकारमा सहभागि हुने वा आफ्नै पार्टी फुटाउने विकल्प जसपासँग छ । यसरी हेर्दा अहिलेको सरकार बनाउने खेलमा प्रधानमन्त्रीकै लागि जसपा फेरि दुई चिरामा विभक्त नहोला भन्न सकिन्न ।

 

 

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top