×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आवधिक योजना तर्जुमा गर्न जुटे स्थानीय तह

२४ चैत्र २०७७

२४ चैत, काठमाडौँ ।

मुलुकभरका सबै ७ सय ५३ स्थानीय तह आवधिक योजना तथा मध्यकालीन खर्च संरचनासहितको आवधिक योजना तर्जुमा गर्न जुटेका छन् ।

Advertisement
Advertisement

वि. सं २०१३ सालबाट शुरू भएर संघीय सरकारको १५औं पञ्चवर्षीय योजनामा नेपाल रहेको बेला संघीयता कार्यान्वयनसँगै बनेका प्रदेश सरकारले ५ वर्षका लागि पहिलो आवधिक योजना थालेका हुन् ।

सार्वजनिक खर्चको कुशल व्यवस्थापनद्वारा आवधिक योजना तथा प्रदेश सरकारका विषयगत मन्त्रालयले लिएका समष्टिगत विषय, क्षेत्रगत लक्ष्य र उद्धेश्य हासिल गर्न सार्वजनिक खर्च व्यवस्थापनको भूमिका महत्वपूर्ण रहन्छ ।

मध्यकालीन खर्च संरचनालाई विनियोजन कुशलता, कार्यान्वयन दक्षता र वित्तीय सुशासन कायम गरी सार्वजनिक स्रोतको प्रभावकारी व्यवस्थापन गर्ने महत्वपूर्ण औजारका रुपमा लिइन्छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले संघ, प्रदेश र स्थानीय तहले सार्वजनिक आयव्यय विवरण प्रस्तुत गर्दा अनिवार्यरूपमा आगामी तीन वर्षमा हुने खर्चको प्रक्षेपणसहित मध्यकालीन खर्च संरचना तर्जुमा गर्नुपर्ने व्यवस्था गरेको छ ।

आवधिक योजना र वार्षिक बजेटबीच अन्तर सम्बन्ध कायम गर्ने महत्वपूर्ण माध्यमका रुपमा मध्यकालीन खर्च संरचना हुन्छ । यस खर्च संरचनामा आगामी पहिलो आर्थिक वर्षको अनुमान र त्यसपछिका दुई आर्थिक वर्षको प्रक्षेपण गरी तीन वर्षको चक्रीय बजेट प्रस्तुत गरिएको हुन्छ ।

Advertisement

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top