×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्वकपमा आज चार खेल, पोर्चुगलले स्पेनसँग बराबरी खेल्यो

२ असार २०७५

विराटनगर,असार२
रुसमा जारी विश्वकप फुटबलमा हिजो भएका समूह चरणका खेलहरुमा उरुग्वे र ईरान विजयी हुँदा पोर्चुगलले स्पेनसँग बराबरी खेलेको छ ।

गएराति भएको समूह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १–० ले हराएको हो । उरुग्वेलाई जिताउनेक्रममा खेलको ८९औं मिनेटमा जोस गिमेनेजले हेडगोल गरे ।

Advertisement
Advertisement

यसअघि, उरुग्वेले प्रहार गरेका दुई बललाई इजिप्टका गोलकिपरले विफल पारिदिएका थिए भने एउटा प्रहार पोलमा ठोक्किएर फर्किएको थियो । यसैवीच, समूह बी अन्तर्गत भएको खेलमा युरोपियन च्याम्पियन पोर्चुगललाई स्पेनले ३–३ गोलको बराबरीमा रोकेको छ । खेलमा पोर्चुगलका लागि क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरे ।

स्पेनका डिएगो कोष्टाले दुई गोल गर्दा नाचो फर्नान्डेजले एक गोल थपे । यो बराबरीपछि स्पेन र पोर्चुगल दुबै टिमले विश्वकप फुटबलमा उपाधि दावेदारी पस्किएका छन् । यस्तै विश्वकप अन्तर्गत समुह बि कै अर्को खेलमा ईरानले मोरक्कोलाई १–० ले हराएको छ । गएराति नै भएको खेलमा इरानलाई विजयी गराउन मोरक्कोका अजिज बुहादुजले ईन्जुरी समयमा आत्माघाति गोल गरेका थिए ।

विश्वकप फुटबल इतिहासमा ईरानको यो दोस्रो जित हो । यसैविच, विश्वकप फुटबलमा आज चार खेल हुदैंछन् । आज समूह सी र डी का पहिलो चरणका खेलहरु हुन लागेका हुन् । नेपाली समयानुसार दिउँसो पौने ४ बजे हुने खेलमा फ्रान्स र अस्ट्रेलिया भिड्दैछन् ।

Advertisement

यसैगरी साँझ पौने ७ बजे अर्जेन्टिनाले आईसल्याण्डसँग खेल्दैछ । आजै हुने तेस्रो खेल पेरु र डेनमार्कविच वेलुकी पौने ९ वजे हुदैछ । आजै राति पौने १ बजे हुने खेलमा क्रोएसिया र नाईजेरिया आमने सामने हुनेछन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top