×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काठमाडौं प्रदूषित सहरको सूचीको नम्बर १ मा कायमै

२५ चैत्र २०७७

२५ चैत्र, काठमाडौं ।
विश्वको सबैभन्दा बढी प्रदूषित सहर बन्ने होडमा आज बिहान पनि काठमाडौं पहिलो नम्बर मै रह्यो ।

वायु प्रदूषणसम्बन्धी ताजा विवरण राख्ने स्वीट्जरल्याण्डको आइक्युएयर वेबसाइटका अनुसार काठमाडौंमा आज बिहान वायु प्रदूषणको मात्रा २६८ एक्युआई रहेको छ।

Advertisement
Advertisement

हिजो दिउँसो काठमाडौंको प्रदूषण झण्डै साढे ३०० एक्युआई पुगेको थियो। काठमाडौं तीन दिनदेखि लगातार विश्वको सबैभन्दा प्रदूषित सहरको नम्बर १ सूचीमा रहँदै आएको छ।

देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण नेपालका अन्य सहर तथा ग्रामीण क्षेत्रको वातावरण प्रदूषित भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

प्रदूषणको मात्रा २०० देखि ३०० सम्म एक्युआई पुग्नुलाई अत्यन्त अस्वस्थकर मानिन्छ। त्यसभन्दा माथिको अवस्थालाई घातक मानिन्छ।

हिजो दिउँसो प्रदूषणको मात्रा घातक अवस्थामा पुगेकोमा आज बिहान केही घटेको हो। ठूलो वर्षा भएपछि मात्रै प्रदूषणको मात्रा नियन्त्रण भएर स्वस्थ हावा चल्ने विज्ञहरुले बताएका छन्।

काठमाडौंपछि चीनको बेइजिङ सहर दोस्रो प्रदूषित र बंगलादेशको ढाका तेस्रो प्रदूषित सहरमा परेका छन्। ती दुई सहरको प्रदूषणको मात्रा १६५ र १६० एक्युआई रहेको छ।

Advertisement

हिजो अत्यधिक प्रदूषित रहेका नेपालका अन्य सहरमा आज प्रदूषणको मात्रा घट्दै गरेको पाइएको छ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top