×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आफ्नो पासवर्ड सुरक्षित राख्न दूरसञ्चार प्राधिकरणको आग्रह

२५ चैत्र २०७७

२५ चैत, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कम्तीमा पनि १० अंकको पासवर्ड राख्न आग्रह गरेको छ ।

सोमबार साइबर सुरक्षाका लागि सूचना जारी गर्दै प्राधिकरणले पासवर्ड सुरक्षित राख्न ११ सुझाव दिएको हो ।

Advertisement

प्राधिकरणले पासवर्डसँग सम्बन्धित जारी गरिएको सूचनामा पासवर्ड बनाउँदा अंग्रेजी अक्षरका ठूला र साना अक्षर, नम्बर, २३ जस्ता विशेष अक्षर समावेश गर्न आग्रह गरिएको छ ।

त्यस्तै, युजरनेम र पासवर्ड एउटै नराख्न, शब्दकोशमा प्रयोग भएका शब्द नराख्न, सजिलै अनुमान गर्न सकिने आफन्तको नाम, फोन नम्बर, ठेगाना र जन्ममिति नराख्न पनि प्राधिकरणले सुझाएको छ । त्यसैगरी, एउटै पासवर्डलाई धेरै अकाउन्टमा प्रयोग नगर्न, पासवर्डलाई कम्तीमा तीन–तीन महिनामा परिवर्तन गर्न, पहिले प्रयोग भएको पासवर्डलाई पुनः प्रयोग नगर्न र कुनै पनि सिस्टममा भएको डिफल्ट पासवर्डलाई तुरुन्तै परिवर्तन गर्न अनुरोध गरिएको छ ।

Advertisement

पासवर्ड अरू कसैलाई नदिई गोप्य राख्न र मल्टिफ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्नसमेत प्राधिकरणले सुझाव दिएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top