×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

पत्रकार महासङ्घको चुनावः २ बजेसम्म ५५ प्रतिशत मतदान

२५ चैत्र २०७७

२५ चैत, काठमाडौँ । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान चलिरहेको छ । काठमाण्डौ उपत्यकासहित देशभर महासङ्घले तोकेको केन्द्रमा बिहान ९ बजेदेखि मतदान भइरहेको छ ।

दिउँसो २ बजेसम्म ५५ प्रतिशत मतदान भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ ठाउँमा र एक एसोसिएटको दशरथ रङ्गशालामा गरी ९७ केन्द्र तोकिएको छ । केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भइरहेको हो ।

Advertisement
Advertisement

महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार एक सय २२ सदस्यले एकसाथ मतदान गर्दैछन् । महासङ्घको ४९ पदाधिकारीका लागि एक सय ४५ जनाको उम्मेदवारी परेको छ ।

महासङ्घका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ । केन्द्रीय अध्यक्षमा निर्मला शर्मा र विपुल पोखरेल प्यानल तथा गजेन्द्रसिंह बुढाथोकी स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका छन् ।

Advertisement
Advertisement

उम्मेदवारहरूले श्रमजीवी पत्रकारको पेसागत सुरक्षा र पत्रकार महासङ्घको शुद्धीकरणलाई मुख्य एजेन्डा बनाएका छन् । प्रदेश, जिल्ला, एसोसिएट र प्रतिष्ठान शाखाका केही ठाउँमा भने सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top