भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

२५ चैत, भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–२ मा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

बिहान ७ बजेको समयमा घोडेटारबाट भोजपुर तर्फ जाँदै गरेको को २ त ९४७९ नम्बरको ट्याक्टर अचानक आफै अनियन्त्रीत भई पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटना हुँदा ट्याक्टरमा सवार रहेका रामप्रसाद राई गाउँपालिका–७ का २० बर्षीय नविन राईको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.