करेन्ट लागेर ईटहरीमा एक जनाको ज्यान गयो

करेन्ट लागेर ईटहरीमा एक जनाको ज्यान गयो

२५ चैत, सुनसरी । सुनसरीको ईटहरी उप–महानगरपालिका–५ मा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

ललितपुर महाकाल गाउँपालिका–४ घर भई ईटहरीको डिसहोमको कार्यालयमा कार्यरत २४ बर्षीय जितेश दुलालको करेन्ट लागेर मृत्यु भएको हो ।

मध्यान्ह पौने १२ बजेको समयमा डिसहोमको फाईबर तार टाङने क्रममा बिद्युतको तारमा छुन गई करेन्ट लागेर घाईते भएका दुलाललाई उपचारको लागी बिराटनगरको नर्सिंहहोम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.