भक्तपुरमा मनाइने बिस्काः जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

२५ चैत, काठमाडौँ । सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयले बिस्काः जात्रा नगर्न बरू सामान्य तरिकाले मनाउन निर्देशन दिएको थियो। सोही निर्देशनविरूद्ध अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले जात्रा नरोक्न अन्तरिम आदेश गरेको हो।

यता भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरिसकेको थियो। बिस्काः जात्रा चैत २८ बाट हुँदैछ।

Advertisement

नगरपालिकाद्वारा बुधबार डाकिएको बैठकले रथ तान्ने र यसिं (लिंगो) पनि ठ्ड्याउने निर्णय गरेको हो।.

भक्तपुरका नगर प्रमुख सुनील प्रजापतिले विगतका दिनदेखि नै भक्तपुरले बिस्काः जात्रासँग सम्बन्धित दाफा, भजन, गुठी लगायत सरोकारवालासँग नियमित छलफल गरी निर्णय गर्दै आएको बताउँदै भने, ’यस वर्ष पनि जनताको भावनालाई सम्मान गर्दै अगाडि बढ्नेछौं।’

Advertisement

छिमेकी देश भारतमा कोरोनाको नयाँ प्रजातिले महामारीको रूप लिएको र केही स्थानमा कर्फ्यू समेत लगाइसकेको अवस्थामा नेपाल–भारतबीचको खुला सीमाका कारण संक्रमण जोखिम रहेकाले सबै सचेत रहनुपर्ने चर्चा भयो। जसकारण कोरोना जोखिमलाई ध्यानमा राखेर आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले जात्रा सञ्चालन गर्ने निर्णय भएको छ।

सोमबार जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा बसेको बैठकले जात्रा रोक्ने निर्णय गरेको थियो। उनले पनि जनभावना अनुरूप नगरपालिकाले निर्णय गरेकामा आफू सकारात्मक रहेको बताए।

बैठकमा गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख अनन्तप्रसाद कर्माचार्य र जात्रासँग सम्बन्धित सरोकारवालाहरूको पनि सहभागिता थियो।

बैठकले जात्रा सञ्चालनको प्रत्यक्ष प्रसारण टेलिभिजन, रेडियो, एफ.एम र सामाजिक सञ्जालमार्फत् गर्ने र अनुशासित र मर्यादित रूपमा स्वास्थ्य मापदण्ड पालना गरी सम्पन्न गर्न माइकिङ गरी सबैसँग आग्रह गर्ने पनि निर्णय गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top