×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फेरि बढ्यो डलरको भाउ

२६ चैत्र २०७७

२६ चैत, एजेन्सी । अमेरिकी डलरको भाउ फेरि बढ्न थालेको छ ।

हिजो ११७ रुपैयाँ ८० पैसा रहेको डलरको मूल्य आज ११९ रुपैयाँ ५९ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकले आज एक डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा तोकेको हो ।

Advertisement
Advertisement

डलरको यो मूल्य पछिल्लो साढे ४ महिना यताकै महँगो हो । गएको मंसिर २ गते डलरको मूल्य ११९ रुपैयाँ ६७ पैसा पुगेपछि क्रमशः घट्न थालेको थियो । अहिले फेरि भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतः कमजोर भइ डलरको मूल्य बढेको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा डलर बलियो हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा डलर बलियो भएपछि भारतीय तथा नेपाली रुपैयाँ कमजोर भएको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

भारतमा कोरोना सङ्कटका कारण पनि भारतीय रुपैयाँ कमजोर हुँदै गएको हो । नेपाली रुपैयाँ कमजोर भए पनि रेमिट्यान्स आप्रवाह तथा नेपालबाट हुने वस्तु निर्यातमा भने फाइदा हुन्छ । तर डलरमा भुक्तानी गर्नुपर्ने विदेशी ऋणमा कठिनाइ हुनुको साथै विदेश पढ्न जाने विद्यार्थीलाई भने समस्या पर्छ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top