एपिएफले जित्यो ललितपुर मेयर वुमन्स च्याम्पियनसिप

एपिएफले जित्यो ललितपुर मेयर वुमन्स च्याम्पियनसिप

२८ चैत, काठमाडौ । नेपाल एपिएफ क्लबले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिवार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो ।

सुदूरपश्चिमले दिएको १०७ रनको लक्ष्यसहित मैदान उत्रिएको एपीएफले १६ दशमलव १ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्न सफल भएको हो । एपीएफको जितमा ज्योति पाण्डेले सर्वाधिक ३६ रन बनाइन् । त्यस्तै कप्तान सीता राना मगरले २७ रन जोड्दा इन्दु बर्मा १९ रन र ममता चौधरी १५ रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १०६ रन बनाएको थियो । सुदूरपश्चिम प्रदेशका लागि विन्दु रावलले अविजित ४४ रन बनाइन् । त्यस्तै डोली भट्टले १४, कविता कुँवरले १३ र रेवती धामीले १० रन बनाइन् ।

जितसँगै विजेता टोली एपिएफले ३ लाख नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको सुदूपश्चिमले १ लाख ५० हजार पाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.