×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पोल्ट्री क्षेत्रमा ३५ अर्बको नोक्सान

२९ चैत्र २०७७

२९ चैत, काठमाडौँ । गतवर्ष नेपालमा कोरोना महामारी शुरू भएयता १ वर्षको अवधिमा पोल्ट्री क्षेत्रमा ३५ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार महामारीका कारण होटेल, रेस्टुराँ, पार्टी प्यालेसजस्ता ठूलो परिमाणमा मासु खपत हुने स्थानहरू लामो समयसम्म बन्द हुँदा खपतको मात्रा घट्न गई नोक्सानी बढेको हो ।

Advertisement
Advertisement

करीब ६ महीना लामो बन्दाबन्दीका समयमा पोल्ट्री क्षेत्रले दैनिक २१ करोड ९५ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेकाले क्षतिको मात्रा बढेको हो । त्यस बेला नयाँ उत्पादन हुने चल्लामा दैनिक ३ करोड ४५ लाख रुपैयाँ, ब्रोइलर तयारी कुखुरामा १५ करोड रुपैयाँ, अण्डामा ३ करोड रुपैयाँ र पोल्ट्रीसम्बन्धी दानाको कच्चा पदार्थ आदिमा ५० लाख रुपैयाँको नोक्सानी हुँदै आएको थियो ।

यसरी वर्षभरिको सम्पूर्ण क्षतिको विवरण निकाल्दा करीब ३५ अर्ब रुपैयाँको हाराहारीमा क्षति भएको अनुमान गरिएको पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले आर्थिक अभियान दैनिकलाई जानकारी दिए ।

उनका अनुसार ह्याचरी उद्योग संघले ६ महीना लामो बन्दाबन्दीमा दैनिक करीब ६ लाख चल्ला नष्ट गर्नुप¥यो । बन्दाबन्दीको अवधिभर यो क्रम चलिरह्यो । उक्त अवधिमा कुखुरापालक किसानले ४० लाख ओटा तयारी कुखुरा गाड्नु परेको थियो भने त्यत्तिकै मात्रामा अण्डा पनि कुहिएर खेर गएको थियो ।

सबैभन्दा बढी नोक्सानी बेहोर्नेमा ह्याचरी उद्योग रहेको छ भने त्यसपछि कुखुरापालक किसान र अण्डा उत्पादक किसानले बढी नोक्सानी बेहोरेका छन् । किसान सँगसँगै नोक्सानी बेर्होनेमा कोल्ड स्टोर सेन्टर र भ्याक्सीन तथा औषधि विक्रेताहरू पनि रहेका छन् ।

Advertisement

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

भर्खरको समाचार

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

सम्बन्धित खबरहरु

Scroll to Top