३० चैत, एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ ।
चेन्नईमा गएराति भएको खेलमा कोलकाताले हैदराबादलाई १० रनले हराएको हो । कोलकाताले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन मात्रै बनाउन सक्यो ।
हैदराबादका मनिष पाण्डेले ६१ र जोनी ब्रेस्टोले ५५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले नितिश राणाको ८० र राहुल त्रिपाठीको ५३ रनको मद्दतमा ६ विकेट गुमाएर एक सय ८७ रन बनाएको थियो ।
आईपीएलमा आज राति राजस्थान रोयल्स र किङ्ग्स–११ पञ्जाब खेल्दैछन् ।