प्रदेश २ का चार सांसद बर्खास्त

प्रदेश २ का चार सांसद बर्खास्त

३० चैत, महोत्तरी । नेकपा माओवादी केन्द्रले प्रदेश–२ का चार जना प्रदेशसभा सदस्यलाई बर्खास्त गरेको छ ।

पार्टीले सोधिएको २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ नदिएको कारण प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समीर र ज्वाला साहलाई बर्खास्त गरिएको हो ।

प्रदेशसभा सदस्यहरुलाई नेकपा माओवादी केन्द्रले बर्खास्त गरेपछि चार जनाकै सांसद पद समेत गुमेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले बताउनुभयो ।

चारैजना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई समेत बुझाएकाले सम्भवतः आज बस्ने प्रदेशसभा बैठकले यसबारे जानकारी गराउने नेता साहले जानकारी दिनुभयो।

गएको शुक्रवार काठमाण्डौमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले माओवादी छोडेर एमालेमा गएको भन्दै रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग २४ घण्टाभित्र स्पष्टीकरण सोधेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.