३० चैत, मकवानपुर । हेटौँडामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकका ३५ वर्षीय समिर पाख्रिन र उनकी श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिए ।
उनीहरुलाई घरमा रहेको तारलाई फलामको डण्डीले उठाउन खोज्दा थ्री फेस लाइनमा फलामले छुन पुगी करेन्ट लागेको हो । दुवै जनालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा उपचारका क्रममा ज्यान गएको हो ।
हेटौँडा अस्पतालका डाक्टरले उनीहरुलाई मृत घोषणा गरेका थिए ।