एक्सेल डेभलपमेन्ट बैंकले २४ करोडको हकप्रद निष्कासन गर्ने

३० चैत, काठमाडौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

Scroll to Top