धरानबाट गाँजासहित दुई जना पक्राउ

२९ चैत ७७, सोमबार

३० चैत, सुनसरी । सुनसरी धरान-३ शान्तिपथ स्थितमा आईतबार साँझ साढे ५ बजे चेकजाँचको क्रममा गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा धनकुटा सहिदभुमि ६ का २० बर्षीय निगम राई र सोही स्थानका १९ बर्षीय शुक्रराज राई रहेका छन् ।

को १३ प ६७८२ नम्बरको मोटरसाईकलमा सवार गरि आएका उनीहरुले बोकेको झोलाबाट लागूऔषध गाँजा २ केजी फेला परेको हो ।

Advertisement

उनीहरुले चढेको मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top