दमकका एक संक्रमितको विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु

दमकका एक संक्रमितको विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु

३० चैत, विराटनगर । कोरोना संक्रमणबाट विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको छ । आइतबार राति झापाको दमकका ९२ वर्षीय वृद्धको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि परिवारका अन्य चारजना सदस्यसहित वृद्ध गत चैत २५ गते कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र भर्ना भएका थिए ।

सुगरका रोगी वृद्धको उपचारका क्रममा आइतबार राति १२ बजेतिर मृत्यु भएको कोभिड–१९ उपचार केन्द्रका फोकल पर्सन एपोलो भगतले जानकारी दिए । उनका अनुसार वृद्धको शव आफन्तको जिम्मा लगाइएको छ ।

कोशी कोभिड–१९ अस्पतालमा हाल २ जना कोरोना संक्रमित उपचाररत छन् । करिब दुई महिना अस्पताल सुनसान बनेको थियो । तर कोरोनाको दोस्रो लहर शुरु भएसँगै अस्पतालमा विरामी आउन थालेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.