‘रोजगारी बारे यो चमत्कारी सरकार न केही सोच्छ, न केही गर्छ’

३० चैत ७७, सोमबार
Share this
703shares

३० चैत, काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाका प्रभावले देशभित्र खुद्रा व्यापारदेखि पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएको बताएका छन्।

Advertisement

वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीले पनि रोजगारी गुमाएको सरकारी तथ्यांकले देखाउने उनले बताए।

‘जो नेपाल फर्केका छन्, उनीहरू फर्केर जान पाएका छैनन्,’ प्रतिनिधि सभा बैठकमा सोमबार शुन्य समयमा बोलेका थापाले भने, ‘यिनीहरूको पुनर्स्थापनाको बारेमा यो चमत्कारी सरकार न केही सोच्छ न केही गर्छ।’

Advertisement

दक्षिण कोरियाको भाषा तथा सीप परीक्षा उत्तिर्ण गरेका करिब १० हजार पाँच सय र प्रतिवद्ध कामदार करिब २ हजार महिनौंदेखि काठमाडौंमा अलपत्र रहेको उनले बताए।

‘यिनीहरूका बारेमा लगातार सरकारले वेवास्ता गरेको छ। फिलिपिन्सलगायत देशका सरकारले गरेजस्तो गरेको भए सायद यिनीहरूले कोरिया जान पाइसकेको हुन्थे,’ उनले भने।

Advertisement

भाषा परीक्षा उत्तिर्ण गरेकाहरूका सन्दर्भमा मन्त्रालयले ठोस काम गरेर सरकारले सदनलाई जानकारी गराउनुपर्ने उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top