×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026

अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने बेला भयोः बाइडेन

२ बैशाख २०७८

२ वैशाख एजेन्सी ।
आफ्ना सबै सैनिक फिर्ता बोलाएपछि पनि अमेरिकाले अफगानिस्तानलाई सहयोग जारी राख्ने राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

तर सो सहयोग सैन्य नहुने उनले स्पष्ट पारेका छन् । सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा हवाई आक्रमणको घोषणा गरेको ह्वाइट हाउसको कोठाबाटै राष्ट्रपति बाइडेनले भने, ‘अमेरिकोको लामो युद्ध अन्त्य गर्ने बेला आएको छ ।’

अमेरिकाले आउँदो सेप्टेम्बर ११ सम्म अफगानिस्तानमा रहेका आफ्ना सबै सैनिक फिर्ता बोलाउने घोषणा गरेको छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा भएको आतंकवादी आक्रमणको २० औँ वर्षगाँठ पारेर सैनिक फिर्ता बोलाउने नयाँ समय सीमा तय गरिएको अमेरिकी अधिकारीले बताएका छन् ।

गएको वर्ष तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र तालिबानबिच भएको सहमति अनुसार मेसम्ममा सबै अमेरिकी सैनिक फिर्ता गर्नु पर्ने थियो ।

बाइडेनले यसअघि नै सैनिक फिर्ता बोलाउनका लागि तय गरिएको मे १ को समय सीमा पूरा गर्न कठिन रहेको बताएका थिए । अहिले पनि अफगानिस्तानमा २५ सय अमेरिकी सैनिक छन् । उनीहरु नेटोको ९६ सय सैनिक मिसनका बलिया पक्ष हुन् ।

पेन्टागनमा सन् २००१ मा भएको आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा सैन्य गतिविधि सुरु गरेको थियो । अमेरिकाले सन् २००१ यता अफगानिस्तान युद्धमा खर्बौँ डलर खर्च गरेको छ भने दुई हजार भन्दा बढि सैनिक गुमाएको छ ।

तालिबान पुनः हिंसात्मक गतिविधिलाई स्थापित गर्न नसक्ने अवस्थामा पुगेको अमेरिका र नेटोका अधिकारीले बताएका छन् ।

फिर्ताको प्रक्रिया जारी रहेका बेला अमेरिकी सैनिकमाथि आक्रमण भएमा त्यसको गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी तालिबानलाई दिइएको अमेरिकी अधिकारीले बताएका छन् ।

अमेरिकाले अफगानिस्तानमा २० वर्षदेखि जारी द्वन्द्वको क्रम अन्त्य गर्ने निर्णय गरे पनि त्यसबाट अफगानिस्तानमा बढ्न सक्ने आन्तरिक हिंसाको जोखिमलाई लिएर चिन्ता पनि छ ।

सैनिक फिर्तीका सम्बन्धमा वार्ता जारी राख्ने काबुलस्थित अफगान अधिकारीहरुले बताएका छन् । बुधबार बाइडेनसँग टेलिफोनमा वार्ता गरेका अफगान राष्ट्रपति अश्रफ घानीले ट्वीट गरेर अमेरिकाको निर्णयको स्वागत गर्ने र सहज संक्रमणकालका लागि अमेरिकी सहयोगीहरुसँग मिलेर काम गर्ने उल्लेख गरेका छन् ।

अफगानिस्तानको सुरक्षा बल आफ्ना नागरिक र देशको रक्षाका लागि पूर्ण रुपमा सक्षम रहेको पनि उनले बताएका छन् ।

बाइडेनले बुधबार ह्वाइट हाउसबाट भनेका छन्, ‘हाम्रो बहिर्गमनका लागि विशिष्ट अवस्था सिर्जना हुने आशमा हाम्रा सैनिकको उपस्थिति लम्ब्याउने वा मात्रा बढाउने चक्रलाई अब निरन्तरता दिइने छैन ।’

‘सैन्य गतिविधिमा संलग्न नभए पनि हाम्रो कूटनीतिक तथा मानवीय सहयोग भने जारी रहने छ । हामी अफगान सरकारलाई निरन्तर सहयोग गरिरहने छौँ’ बाइडेनले भनेका छन् ।

भर्खरको समाचार

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

सम्बन्धित खबरहरु

Scroll to Top