वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईँदै

१ बैशाख ७८, बिहीबार

२ वैशाख, विराटनगर ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही हप्ता बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने तयारी गरेको छ।

वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए क्याप्सुल तथा जुकाको औषधि खुवाउने तयारी गरेको हो।

कोरोना भाइरसको जोखिम कायम रहेकै अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कार्यक्रम सन्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

Advertisement

गत वर्ष कोरोनाका कारण गरिएको लकडाउनले भिटामिन ए खुवाउने तथा अन्य खोप कार्यक्रम समेत प्रभावित भएको थियो।

मन्त्रालयले सार्वजानिक सूचना जारी गर्दै यो वर्ष सबै अभिभावकले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गर्दै बालबालिकालाई भिटामिन ए को क्याप्सुल र जुकाको औषधि तोकिएको ठाउमा लगेर खुवाउन अनुरोध गरेको हो।

Advertisement

कार्यक्रममा १२ देखि ५९ महिना सम्मका बालबालिकालाई लक्षित गरिएको छ। भिटामिन ए वितरण केन्द्रमा जाँदा भिडभाड नगर्न, एक ब्यक्ति र अर्को ब्यक्ति बीचको दुरी कम्तीमा दुई मिटर कायम गर्न, आफ्नो बालबालिका सुरक्षाका लागि अनिवार्य सहि तरिकाले मास्क लगाउन अनुरोध गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top