३० देखि ३९ वर्षका मानिस कोरोनाको जोखिममा छन् ? (भिडियो सहित)

३ वैशाख, काठमाडौं । कोरोना विश्वब्यापी छ र यसका विषयमा अहिले पनि अध्ययन जारी छ ।

यसको भाइरस सबै वर्ग, उमेर, क्षेत्रमा फैलिनसक्छ । तर पनि केहि यस्ता समूह छन् जसमा भाइरसले बढि असर देखाइरहेको छ । पछिल्लो समय अरु देशमा जस्तै नेपालमा पनि कोरोना भाइरसको दोस्रो लहरले आतंक मच्चाउन सुरु गरिसकेको छ । र स्वास्थ्य मन्त्रालयले कोरोनाका अति प्रभावित भनि १४ जिल्लालाई बर्गिकरण गरेको छ । यो बर्गीकरणले कोरोनाबाट बच्ने उपाय नागरिकले नै अवलम्बन गर्नुपर्ने बताइदिएको छ ।प्रभावित क्षेत्रका विद्यालय बन्द गर्ने गृहकार्य गरेपनि विघालय संचालकको तीव्र दबाबका कारण सरकारले अभिभावकलाई आफना नानीहरुलाई विद्यालय नपठाउन आग्रह गरेको छ । दैनिक रुपमा संक्रमितको संख्या बढ्दै जाँदा खासगरि युवापुस्तामा यसको संक्रमण उच्च देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको बिहिबार सम्मको कूल तथ्यांक हेर्दा महिला भन्दा पुरुषमा झण्डै दोब्बर बढि संक्रमण देखिएको छ । पछिल्ला ३ दिनको तथ्यांक केलाउँदा नेपालमा कोरोनाको दोस्रो लहरले युवा पुस्तामा बढि असर देखाएको छ । गत मंगलबार थपिएका ५ सय १७ संक्रमित मध्ये करिब आधा युवायुवती थिए ।

मंगलबार २० देखि ३९ वर्षका २ सय २९ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये पनि २० देखि २९ वर्षका ११० जना, ३० देखि ३९ वर्षका ११९ मा कोरोनाको संक्रमण पुष्टि भएको थियो । त्यस्तै बुधबार, थपिएका ६ सय ३ मध्ये २ सय ६१ जना २० देखि ३९ वर्ष भित्रका थिए । त्यसमध्ये पनि ३० देखि ३९ वर्षका १ सय ४३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, बिहिबारको मात्रै तथ्यांक हेर्ने हो भने, थपिएका ५ सय ३४ संक्रमित मध्ये २० देखि ३९ वर्ष उमेर समूहका २ सय २१ जना छन् । त्यसमध्ये ३० देखि ३९ वर्ष का १ सय १४ जनालाई संक्रमण बढि देखिन्छ । पछिल्ला ३ दिनको तथ्यांकले युवा पुस्तामा कोरोनाको उच्च जोखिम देखाउँछ । स्वास्थ्य मन्त्रालयले विद्यालय कोरोनाको हटस्पट बन्न सक्ने भन्दै बारम्बार सचेत गराइरहेको बेला कोरोना भाइरसका कारण बालबालिका समेत जोखिममा रहेको तथ्यांकले समेत बताउँछ । मंगलबार १९ वर्षसम्मका ४८ जनामा संक्रमण देखिएको थियो ।

बुधबार पनि १९ वर्षसम्मका ७० जनामा र बिहिबार ५२ जनामा संक्रमण पुष्टि भएको छ । तथ्यांकमा भाइरसले असर पार्ने समूह युवापुस्ता देखिएपनि भाइरसले जुनसुकै उमेर समूहलाई हानी गर्न सक्ने भएकाले स्वास्थ्य सजगता उत्तिकै अनिवार्य छ । अझ, बढि संक्रामक भनिएको नयाँ प्रकारको कोरोना समेत नेपालमा पुष्टि भइसकेको सन्दर्भमा त्यसबाट बच्न सरकार र सरोकारवालाको मुख ताक्नु भन्दा स्वयम आँफै सजग हुनुको विकल्प छैन ।

 

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top