ओली कै गृह जिल्लामा खनाल-नेपालको समानान्तर कमिटी

ओली कै गृह जिल्लामा खनाल-नेपालको समानान्तर कमिटी

३ वैशाख, झापा । नेकपा (एमाले) को झलनाथ खनाल – माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लामा समानान्तर कमिटी गठन गरेको छ ।

खनाल नेपाल पक्षले झापमा शुक्रबार बेदराज रेग्मीको अध्यक्षतामा जिल्ला कमिटी घोषणा गरेको हो । विर्तामोडमा आयोजित कार्यकर्ता भेलाबाट मालेकाल देखिका पुराना बामपन्थी नेता रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय विस्तार गर्दै जिल्ला कमिटीको उपाध्यक्षमा भद्रपुर नगरपालिका उपप्रमुख रहेकी चन्द्रा श्रेष्ठ, सचिव निलमणि बराल, उपसचिव मणि भण्डारी लगायत चयन गरेको छ । कार्यक्रममा बोल्दै नेता नेपालले ओलीको हठका कारण नेपालमा कम्युनिष्ट संकटमा परेको आरोप लगाएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.