बाँके दुर्घटनामा मृत्यु हुने पाँचै जनाको सनाखत

३ बैशाख ७८, शनिबार

४ वैशाख, बाँके ।
कोहलपुर नगरपालिका–१३ स्थित बाँके राष्ट्रिय निकुन्ज सडक खण्डमा भएको सवारी दुर्घटनामा परि मृत्यु भएका पाँच जनाको सनाखत भएको छ ।

टिपर र बस ठोक्किँदा मृत्यु हुने ५ मध्ये ४ जनाको शुक्रबारै सनाखत भएको थियो । सनाखत हुन बाँकी थप एक जना महिलाको पनि शनिबार सनाखत भएको छ ।

सिराह सुखीपुर गाउँपालिका–३ घर भएकी ३२ वर्षिया अम्बिका कान्तिको दुर्घटनामा मृत्यु भएको कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालले बताए ।

उनका अनुसार शिक्षाका लागि खाद्यान्न कार्यक्रम सुर्खेतमा कार्यरत उनी घर जाँदै थिइन् । उनीसँग डेढ वर्षीया छोरी पनि थिइन् । छोरी सुरक्षित रुपमा कोहलपुर मेडिकल कलेजमा रहेको डिएसपी खनालले सुनाए ।

कोहलपुरमा शुक्रबार बस र टिप्पर ठोक्किँदा ५ जनाको मृत्यु भएको थियो । सुर्खेतदेखि धरान जाँदै गरेको मे १ख ३३४७ नम्बरको बस पूर्वबाट पश्चिम आउँदै गरेको टिपरको ठक्करले दुर्घटना भएको थियो ।

बसमा ४२ जना सवार थिए । जसमध्ये ५ जनाको मृत्यु भएको थियो । अन्यको अस्पतालमा उपचार भइरहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top