फ्लोर क्रस गर्ने ३ सांसद एमालेबाट निष्कासित

४ वैशाख, सुर्खेत । पार्टीको ह्वीप नमानी फ्लोर क्रस गरेर नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार जोगाइदिएका कर्णाली प्रदेशका ३ सांसदलाई नेकपा एमालेले कारबाही गरेको छ ।

Advertisement

एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका ३ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो । शनिबार बसेको पार्टीको बैठकले वैशाख ३ गतेदेखि नै लागू हुनेगरी नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई पार्टीबाटै निष्कासन गरिदिएको हो । यस्तै पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य समेत रहेका प्रकाश ज्वालालाई कारबाही गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको विज्ञप्तीमा जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top